Jun 4, 2023
काठमाडौं । राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्न खोज्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चितवनमा ज्यान गुमाएकी सविता भण्डारीमाथि घरेलु हिंसा भएको भन्दै छानविनको मागसहित राष्ट्रपति भवन अगाडि प्रदर्शनको तयारी भइरहँदा प्रहरीले महिला अधिकारकर्मी सावित्री सुवेदी सहित १३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सावित्री सुवेदी, शितल शर्मा, रुही भण्डारी र विवेक थापासहित १३ जना छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता -एसपी_ सुशील सिंह राठौरले १३ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । वैशाख पहिलो साता सविताको निधन भएको थियो । उनको हत्याको आका हुँदै आइरहेको छ । हत्या आरोपमा पक्राउ परेका उनका ससुरा र श्रीमान भने धरौटीमा रिहा भइसकेका छन् ।
प्रतिकृया दिनुहोस्