ताजा अपडेट »

गाडीमा करेण्ट लाग्दा दुई जनाको मृत्यु

शुक्रबार, २८ जेठ २०७८, ११ : १३
12 Shares

सोलुखुम्बु । यहाँको पत्तालेमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायवउपरीक्षक कवित कटुवालका अनुसार उनीहरू गाडीमा एउटा मेसिन बोकेर जाँदै गर्दा करेन्ट लाग्न पुगेको हो ।

उनीहरू सवार गाडीमा रहेको एउटा मेसिनले ३३ हजार भोल्टको तर छुँदा आज बिहान उनीहरूको मृत्यु भएको हो । प्रहरी प्रमुख कवित कटुवालका अनुसार मृतकहरूको पहिचान भइसकेको छ । उनका अनुसार स्याङ्गजाका रामबहादुर परियार र बागलुङका भूमिराज मरासैनीको मृत्यु भएको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।