१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

टिस्टुङ । बेमौसमी तरकारी उत्पादनमा प्रसिद्ध मकवानपुरको थाहा नगरपालिकामा किसानहरुले व्यावसायिक खेतीका लागि काउलीको ब्याड राखेकोमा ब्याडमै फुलेको छ । ब्याडमा नफुलेका काउली रोपिएको केही दिनमै फुलेका छन् । यसले कृषकहरुमा चिन्ता थपिएको छ ।

Advertisement

थाहा नगरपालिका वडा नम्बर ३ की मीना पाख्रिनले अन्दाजी २ रोपनी जग्गा भाडामा लिएर काउली खेती गरेकी थिईन् । रोपेको दुई सातामै काउली फुल्यो । तर निकै सानो फुलेर बिक्रीका लागि योग्य नभएपछि उनले काउली फालेर उक्त जग्गामा मकै रोपिन् । पाख्रिनजस्तै थाहा नगरपालिका– १का सुदिप थोकर र वडा नम्बर २ का श्रीकृष्ण श्रेष्ठको पनि उस्तै हालत भयो । एक महिनाअघि असिनाले आलु खेती सखाप पारेर आक्रान्त बनेका कृषकहरु व्याडबाट रोप्न तयार भएको काउली ब्याडमै फुलेपछि थप चिन्तित बनेका छन् ।

अहिले थाहा नगरका झण्डै सय बढी किसानहरुले खेतबारीमा लगाएको काउली समय नपुग्दै फुलेको छ । फुलेको काउलीको वजन १०० ग्रामसम्म पनि नभएको पीडित कृषक श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । अघिल्ला वर्षहरुमा राम्रोसँग फुल्दा एउटै बोटबाट दुई किलोग्रामसम्म फुल्ने गरेको उनको भनाइ रहेको छ । थाहा नगरपालिकामा जापानीज कम्पनीको ह्वाइट टप र सुपर ह्वाइट टप जातको काउली व्याडमै फुलेका हुन् । यी जातका काउलीलाई पानी धेरै चाहिने भएकोले अहिले सुख्खा समयमा रोपिएकोले समय नपुग्दै फुलेको थाहा नगरपालिका कृषि शाखाका प्रमुख सञ्जय तिवारी बताउँछन् । खडेरी, छिप्पिएको बेर्ना वा नाइट्रोजनको कमीले समय नपुग्दै फुल्न सक्ने उनको भनाइ छ ।

नगर कृषि शाखा प्रमुख तिवारीले पहिलो चरणमा लगाइएका काउली समय नपुग्दै फुलेको कृषकहरुबाट गुनासो आएको बताए । ह्वाइट टप र सुपर ह्वाइट टप जातका काउली वर्षा याममा लगाउन उपयुक्त हुने कृषि प्रमुख तिवारीले बताए । बीउको गुणस्तरीयतामै समस्याका कारण ब्याडमै वा समय नपुग्दै काउली फुलेको हुन सक्ने आँकलन भइरहेको बेला उनले बीउमा भने समस्या नदेखिएको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे ‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड रामबहादुरको रामकहानी