२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-४ मनौराका ३५ वर्षिय महेन्द्र यादवको हत्यामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको लुम्विनी सांस्कृतिक नगरपालिका-४ मनौराका २२ वर्षिय बलजित पासी, सोही स्थानका ३० वर्षिय दुर्गेश पासजान, २४ वर्षिय राकेश यादव, २० वर्षिय संजय पासी र २३ वर्षिय सर्वजित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

Advertisement

गत जेठ २३ गते बिहान साढे ६ बजे लु.स.न.पा.-४ स्थित मनौरा बन्दरगढबाट महेन्द्र यादवको हत्या गरेको अवस्थामा शव फेला परेको थियो । प्रहरीका अनुसार घटनाबारे सूचना प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक रबिन्द्र महतको कमाण्डमा खटिएको टोली घटनास्थल पुग्दा मृतकको टाउको, छाती, घाटी र गुप्तांगमा धारिलो हतियार प्रहार गरी घाउ चोट लागि अनुहार र टाउको समेतको भाग रगतले लतपतिएको अवस्थामा शव फेला परेको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा पक्राउ परेका आरोपितहरुले पुरानो रिसईबीको कारण बदला लिने सोचका कारण योजनाबद्ध रुपले महेन्द्र यादवलाई उनकै गाउँमा हत्या गरी खेतमा लगि फालेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए । चन्दका अनुसार यादवको जेठ २२ गते राती साढे १२ बजे हत्या भएको थियो ।

जेठ २५ गते मंगलबार पक्राउ गरिएको पाँच जना प्रतिवादीलाई बुधबार रुपन्देही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ) १ थान, पानी तान्ने चापाकलको ह्याण्डर (हत्ता) १ थान र हत्यामा प्रयोग भएको हरियो बाँसको घारा १ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका