२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

कर्णाली । कर्णाली प्रदेशमा कोभिड-१९ विरुद्धको भेरोसेल खोप करिब ५२ हजार मात्रा प्राप्त भएको छ । चीन सरकारको अनुदान सहयोगमा सङ्घीय सरकारलाई उपलब्ध भएको भेरोसेल खोपको उक्त मात्रा कर्णाली प्रदेशमा प्राप्त भएको हो । सो खोप कर्णालीका १० वटै जिल्लामा पुगिसकेको बताइएको छ । सो खोप ६२ देखि ६५ वर्ष उमेरसमूहका नागरिकलाई दिइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा।रविन खड्काले जानकारी दिए । प्रदेशका सबै जिल्लाको तथ्याङ्कलाई आधार मानेर पठाइएको सो खोप सम्बन्धित जिल्लाका स्वास्थ्य सेवा कार्यालयले आ–आफ्नो अनुकूलताका आधारमा सो समूहका ज्येष्ठ नागरिकलाई दिइने उनको भनाइ छ ।

निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीका अनुसार प्राप्त खोपको मात्रामध्ये डोल्पामा एक हजार २१०, मुगुमा एक हजार ८२९, हुम्लामा एक हजार ६८०, जुम्लामा तीन हजार ६३६, कालीकोटमा चार हजार ५२९, दैलेखमा आठ हजार ४९५, जाजरकोटमा पाँच हजार ६७३, रुकुमपश्चिममा चार हजार ८५८, सल्यानमा सात हजार ७६८ र सुर्खेतमा ११ हजार ९७२ पठाइसकिएको छ । “हामीले गत माघको १४ देखि २४ गतेसम्म पहिलो चरणको पहिलो प्राथमिकतामा रहेका नौ हजार ४८४ जनालाई कोभिशिल्ड खोप लगायौं”, उनले भने, “पहिलो चरणकै दोस्रो प्राथमिकतामा रहेका नागरिकलाई २१ हजार ७४२ खोप लगाइएको छ ।” दोस्रो चरणमा गत फागुन २३ देखि चैत २ गतेसम्म ८१ हजार ४९६ जनालाई कोभिशिल्ड खोप दिएको तर उनीहरुले दोस्रो डोज लगाउन नपाएको उनले बताए । हालसम्म एक लाख १२ हजार ७२२ जना कर्णालीवासीले कोभिशिल्ड भ्याक्सिन लिएका छन् । उनीहरुलाई दोस्रो डोज लगाउन भने कोभिशिल्ड खोप नै आउनुपर्ने उनको भनाइ छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ