July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

रुपन्देहीमा थपिए ४८ संक्रमित, १७३ निको

933

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ४९७ जनाको कोरोना परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको छ भने १७३ जना निको भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा १३/१३ जनामा संक्रमण पुष्टि भएको छ । देवदह नगरपालिकामा ७ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैनामा ५/५ जना, सुद्धोधन गाउँपालिकामा ३ जना, ओमसतिया गाउँपालिका, कञ्चन गाउँपालिकामा १/१ जनामा संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ४९१ पुगेको छ । जसमध्ये २५ हजार ९५८ जना निको भएका छन ।

हाल जिल्लामा १ हजार ७६ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४५७ पुगेको छ ।

पछिल्लो अपडेट