ताजा अपडेट »

रुपन्देहीमा संक्रिय संक्रमितको संख्या हजार भन्दा तल झर्‍यो

मंगलबार, २५ जेठ २०७८, १७ : ५१
4 Shares

बुटवल । रुपन्देहीमा कोरोनाका संक्रिय संक्रमितको संख्या हजार भन्दा कम भएको छ । पछिल्लो २४ घण्टामा २०४ संक्रमित निको भएसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या ९७० भएको छ । रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ७ हजार भन्दा धेरै पुगेको थियो ।

यस्तै जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ४३८ जनाको कोरोना परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा १४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बुटवल उपमहानगरपालिकामा १२ जना, देवदह नगरपालिकामा ८ जना, सैनामैना नगरपालिकामा ६ जना, सिद्धार्थनगर नगरपालिकामा ४ जना, कञ्चन गाउँपालिका, सियारी गाउँपालिका, गैडहवा गाउँपालिका र मायादेवी गाउँपालिकामा ३३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिका र शुद्धोधन गाउँपालिकामा २२ जना, मर्चवारी र कोटहीमाई गाउँपालिकामा ११ जना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४५६ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।