ताजा अपडेट »

रुपन्देही हत्याकाण्ड : परिवारलाई गरिबीको अर्को पीडा

सोमबार, २४ जेठ २०७८, २० : ३९
4 Shares

बुटवल। आइतबार बिहान कसैले हत्यागरी खोला किनारको कुलोमा शव फेला परेका रुपन्देहीको मनौरा टोलका ३५ वर्षिय महेन्द्र यादवको हत्या घटनाले उनकी श्रीमतीलाई जति पीडा र चोट छ त्यति नै गरिबीको पीडा छ ।लुम्विनी सांस्कृतिक नगरपालिका–४ स्थित पर्दछ मनौरा गाउँ । चारवर्ष अघि बाबु–आमाबाट छुट्टिएर बेग्लै सानो घर बनाई श्रीमती र तीन छोराहरुसहित निमेक मजदुर गर्दै हुर्काउँदै आएका महेन्द्र यादव सो गाउँका सोझा मानिसरु मध्ये एक गनिने वडाध्यक्ष विनोदकुमार श्रीवास्ताव बताउँछन् ।

‘निकै सोझो मान्छे थिए उनी । जाँड रक्सी केहि नखाने र अर्कैको खेत अँधिया गर्ने गर्दथे , –वडाध्यक्ष श्रीवास्तवले भने –‘उनको मृत्युले श्रीमति , बालबच्चाहरुको विचल्ली भएको छ ।’ आईतावार साँझ अन्त्यष्टि स्थलमा मृतकका १२ बर्षीय छोरा , अर्का १० बर्षीय र ६ बर्षिय छोरा समेत पुगेको बताउँदै थिए वडाध्यक्ष श्रीवास्तव । सोमवार त्यस परिवार संग सम्पर्क राख्दा रुवाबासी थियो ।

मृतककी २८ वर्षिया श्रीमती संगिता यादावले नेपाली भाषा कम बुझ्ने ।बोल्ने गर्छिन् । भक्कानिदै मैथीली भाषामा भन्दै थिइन । श्रीमान त्यस साँझ ४ बजेतिर विवाहको निम्तो मान्न जाँदा आफू घर थिइन् । दुबै जनासँग मोबाइल नभएका कारण त्यस बीचमा कुराकानी पनि हुन सकेन्। गाउँदेखि केहि टाढा बाँनिया भन्ने ब्यक्तिको छोरीको विवाहमा राती ११ बजेसम्म उनी पनि रमाएको देख्नेहरु भएको प्रहरीले अर्को दिन बिहानै पत्तो लगाएको थियो । विवाह घरबाट घर फर्किने क्रममा रातको १२ बजेको बीचमा केहि मानिसहरुले बाटैमा आक्रमण गरी हत्या गरेको स्थानीयको आशंका छ ।

मृतकका काका फर्शुराम यादव भन्छन् ‘टाउँकोमा गहिरो घाउँ थियो । छातीमा पनि डरलाग्दो घाउ र टाउँको बङ्गाईएको अवस्थामा लास भेटेका थियौं। उनकी श्रीमतीलाई सम्झाउन बुझाउन सकिएको छैन । रोएको रोई गरेकी छन । चरम गरिबी छ । लकडाउनका कारण काम नपाएर घर चलाउन मुस्किल परिरहेको बेला कसैले ज्यानै लिइदिए।’

उनका श्रीमती र छोरा छोरीको अवस्था दयनीय हुने भयो । उनका अनुसार १२ वर्षीय छोरा बाबुको काज–किरियाको कुनोमा बसेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाका अनुसार दुई जना मानिसहरु सोधपुछको दायरामा तानिएका छन् । उनीहरुसँग सोधपुछ भईरहेको डिएसपी थापाको भनाई छ ।

https://www.globalaawaj.com/archives/111315
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।