बटवल । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा आइतबार बिहान मृत फेला परेका रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मृतक ती युवा गएराति ११ बजेसम्म छिमेकी कै एक विवाह भोजमा रहेको खुलेको छ ।
लुम्बिनी–४ मनौरा टोलका ३५ वर्षीय महेन्द्र यादवको शव आइतबार बिहान एक महिलाले देखेर खबर गेकी थिइन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले यादव गएराति ११ बजे सम्म छिमेकी कै एक विवाह भोजमा रहेको देख्नेहरुले बताएको जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको बताउँदै डिएसपी थापाले मृतक सामन्य किसान परिवारको भएको र मोबाइल फोन समेत प्रयोग नगर्ने रहेको जानकारी दिए । उनका अनुसार मृतक यादवको घरमा श्रीमती, दुई छोरा र एक छोरी रहेका छन्।
लुम्विनी सांस्कृितक नगरपालिका–४ का वडाध्यक्ष विनोदकुमार श्रीवास्तवसँग सम्पर्क राख्दा उनले छिमेकी बाँनिया भन्ने ब्यक्तिको घरमा हिजो राति अवेरसम्म छोरीको विवाहमा देखिएको र त्यहाँबाट पनि फर्किएको बुझिन आएको बताए । वडाध्यक्ष श्रीवास्तव भन्छन्–‘त्यो सोझो मान्छे थियो । जाँड रक्सी खाँदैनथ्यो । कसैसँग झै झगडा गर्ने खालको मान्छे पनि होइन । उसको घरमा श्रीमती छोरा–छोरीका अलवा बाबु–आमा पनि रहेका छन् ।’
प्रतिक्रिया