ताजा अपडेट »

रुपन्देहीमा धारिलो हतियार प्रयोग गरी युवाको हत्या

आइतबार, २३ जेठ २०७८, ११ : ३०
2 Shares

बुटवल । रुपन्देहीमा धारियो हतियार प्रयोग गरी एक युवाको हत्या भएको छ । शनिवार राति जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका मनौराका अन्दाजी ३५ वर्षका महेन्द्र यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।

घर भन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत अवस्थामा यादव फेला परेको प्रहरीले जनाएको छ । मृतकलाई भैरहवा स्थित भीम अस्पताल पोष्टमार्टम गराई घटनाका बारेमा आवश्यक अनुसन्धान भईरहेको थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।