ताजा अपडेट »

कालिकाद्वारा एसईईमा सहभागि विद्यार्थीलाई सम्मान

सोमबार, १६ असार २०७६, १५ : ०५
4 Shares

असार १६,
बुटवल । रुपन्देहीको बुटवल-१२ अवस्थित कालिका मानवज्ञान उच्चमाविले एसईई-७५ को परिक्षामा सहभागि विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयकोतर्फबाट परिक्षामा सहभागि भई उत्कृष्ट नतिजा ल्याएकोभन्दै विद्यार्थी तथा अविभावकलाई सोमबार एक समारोहका बीच सम्मान गरेको हो ।


रुपन्देही जिल्लाबाट सामुदायिकतर्फ जीपीए ४ प्राप्त गर्न सफल वद्यालयकी छात्रा सविना सुवेदी सहित विद्यालयबाट एसईई परिक्षामा सहभागी ३ सय ६७ जना विद्यार्थी तथा अविभावकलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बुटवल उप–महानगरपालिकाका मेयर शिवराज सुवेदीले विद्यार्थी तथा अविभावकलाई टिका तथा खादाले सम्मान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामिले पूर्वघोषणा अनुरुप जीपीए ४ ल्याउने छात्रा सविना सुवेदीलाई नगद रकम ५ हजार सहित सम्मान गरेका थिए । सम्मान गर्दै अध्यक्ष गलामीले आफ्नो बुवा लालबहादुर गलामीको नाममा रहेको ११ लाख रुपैयाँको अक्षकोषलाई समेत वृद्धि गर्दै लैजाने बताए ।

छात्रा सुवेदीले विद्यालयले प्रदान गर्दैआएको उत्कृष्ट विद्यार्थीका लागि प्रदान गरिने रामकाजी गुरुङको नाममा रहेको अक्षकोषले समेत सम्मानित हुने छिन् । कक्षकोषको पुरस्कार राशी ५० हजार रुपैयाँ रहेको छ । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य घनश्याम पाठकले विद्यालयबाट प्रदान गर्ने छात्रावृत्तिको कार्यक्रमलाई अझ वृद्धि गर्दै लैजाने बताए । यस विद्यालयमा ५ हजार ९ सय ९१ जना विद्यार्थी अध्ययनरत छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।