९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

काठमाडाैं । सरकारका विभिन्न निकायले गत २४ घण्टामा १६ हजार ३१९ सिलिन्डर अक्सिजन भरेर वितरण गरेको छ ।सरकारका मुख्यसचिव शंकरदास वैरागीले गत सोमवार सातै प्रदेशका प्रमुख सचिवलाई कुनै पनि स्थानमा अक्सिजन अभाव हुन नदिन निर्देशन दिएका थिए । सोहीअनुसार अभाव भएका स्थानमा तीव्रतासाथ अक्सिजन पुर्‍याइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

Advertisement

प्रधानमन्त्री कार्यालयकै निर्देशनअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत २४ घण्टामा उपत्यका भित्रका ९ उद्योगबाट ८ हजार १२३ र बाहिरका १९ अक्सिजन उद्योगबाट ८ हजार १९८ गरी कूल १६ हजार ३१९ सिलिन्डरमा अक्सिजन भरेर विभिन्न अस्पतालमा वितरण गरेको छ ।

प्रवक्ता शर्माका अनुसार मंगलवारसम्म औद्योगिक तथा अन्य प्रयोजनमा रहेका थप ४ हजार ८३२ सिलिन्डर संकलन भई सम्बन्धित उद्योगमा फिर्ता पठाइएको छ । स्थानीय प्रशासनले विभिन्न अस्पताललाई ७ हजार ७२६ अक्सिजन सिलिन्डर वितरण गरेको पनि उनले जानकारी दिए ।

कोभिड संक्रमितको उपचारार्थ डेडिकेटेड रूपमा देशभर ३८२ अस्पताल रहेकामा ४ थप भई ३८६ सञ्चालनमा छन् । ती अस्पतालमा १७ हजार सामान्य बेड प्रबन्ध गरिएको छ । पछिल्ला दिन देशभर सामान्य बेड संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । संक्रमितको विशेष उपचारका लागि २ हजार ५०० एचडीयू बेड, अघिल्लो दिनको तुलनामा थप ९ सहित १ हजार ९९९ आईसीयू र ६०० भेन्टिलेटर प्रबन्ध गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार देशका हरेक स्थानमा अक्सिजन कम हुन नदिन प्रमुख जिल्ला अधिकारीलाई समेत आवश्यक पहल गर्न निर्देशन दिइएको छ । कुनै समस्या परेका तत्काल जानकारी केन्द्रमा दिनुपर्ने र केन्द्रले आवश्यक सहजीकरणसहित समस्या समाधान नीति अख्तियार गरेको छ ।
प्रधानमन्त्री कार्यालयले सातै प्रदेशका प्रमुख सचिवमार्फत कोभिड नियन्त्रण र उपचारबारे भइरहेका गतिविधि नियमित अनुगमन समेत गरिरहेको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारको समर्थन आजै फिर्ता लिने तयारी माओवादी चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने