१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुुटवल । पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका ५ वटा अक्सिजन प्लान्टको उत्पादन क्षमता बढाउन आवश्यक सहयोगका लागि नेपाली सेनाले प्राविधिक सैनिक जनशक्ति खटाएको छ ।

Advertisement

काठमाडौंको थानकोटको अक्सटिच, काभ्रेको पनौतीको नवज्योति, रुपन्देहीको छिपागढको शंकर अक्सिजन, ठुटीपीपलको लुम्बिनी र लुम्बिनी अक्सिजन प्लान्ट सञ्चालनका लागि जनशक्ति खटाइएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कोभिड–१९ संक्रमण नियन्त्रण तथा व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा अधिकृतको कमान्डमा ५० जनाको दक्ष जनशक्ति खटाइएको छ । थानकोटस्थित अक्सटिच अक्सिजन प्लान्टको ८० घनमिटर क्षमता छ ।

प्लान्टको उत्पादन क्षमता बढाउन आवश्यक सहयोगका लागि सात जना खटाइएको छ । पनौतीस्थित नवज्योतिमा रहेका दुइटा प्लान्टको उत्पादन क्षमता १५० घनमिटर रहेको छ । त्यसका लागि आठ जना सैनिक जनशक्ति पठाइएको सेनाले जनाएको छ ।

रुपन्देही छिपागढको शंकर अक्सिजन प्लान्टको दैनिक ५५०, ठुटीपीपलस्थित लुम्बिनीले दैनिक २८८ र बागदुरास्थित लुम्बिनीको पनि २८८ गरी १ हजार १२६ सिलिन्डर उत्पादन क्षमता रहेको छ ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले यी ३ वटा अक्सिजन प्लान्टको उत्पादन क्षमता बढाउन आवश्यक सहयोगका लागि अधिकृत तहको कमान्डमा ३५ जना खटाइएको जानकारी दिए ।अक्सिजनको उत्पादन बढेसँगै कोरोना संक्रमितको उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।

यसैबीच, सेनाले हवाई र स्थलमार्गबाट गरी ९३० अक्सिजन ग्यास सिलिन्डर ढुवानी गरेको छ । काठमाडौंमा अक्सिजनको अभाव भएपछि विराटनगर, इटहरी, पोखरा, बारा लगायतका क्षेत्रबाट काठमाडौं ल्याइएको हो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप