ताजा अपडेट »

कान्तिमा विद्यार्थी तथा अविभावकलाई सम्मान

आइतबार, १५ असार २०७६, १९ : ०५
6 Shares

असार १५,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको बुटवलमा अवस्थित कान्ति माविबाट एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरु तथा अभिभावकलाई आईतबार बधाई तथा शुभकामना सहितसम्मान गरिएको छ । एसईई परिक्षा–२०७५ मा सहभागि भई उत्कृष्ठ नतिजा हासिल गर्न सफल बिद्यार्थी र तिनका अभिभावकलाई सम्मान तथा शुभकामना प्रदान गरिएको हो ।


कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरुलाई सम्मान गर्दै बुटवल उप–महानगरपालीका शिक्षा महाशाखा प्रमुख मित्रमणी खनालले एसईई उत्तिर्ण बिद्यार्थीहरुले भबिष्यमा उच्च सफलता प्राप्त गर्ने लक्षका साथ अध्ययन गर्नु पर्ने बताए । खनालले भने-जिवनमा सफलता हासिल गर्ने लक्षका साथ अध्ययन गर्नु, केवल प्रमाणपत्र मात्र हासिल गर्ने होईन ।

बिद्यार्थीहरुले समय अनुकल मुलुक निर्माणमा काम लाग्ने बिषय रोजेर अध्ययन गर्नुपर्ने कुरामा खनालको जोड रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगर वडा नं-४ का वडाअध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष टंक पराजुली, विद्यालयका प्राचार्य गोविन्द ज्ञवाली, अभिभावक धनबहादुर राना, शिक्षक खुमराज पौडेल, पूर्व विद्यार्थी एशोसियसनका अध्यक्ष जयश्वर पाण्डे, सम्मानित विद्यार्थी एलेन राना, कक्षा १२ का विद्यार्थी आयुष्मा खाती लगाएतले नेपालको बर्तमान शिक्षा प्राणाली, सरकारको शिक्षा नीति र समाजले गरेको अपेक्षाका बारेमा चर्चा गरेका थिए ।


कान्ति माध्यमिक विद्यालयबाट एसईई परिक्षामा सहभागि भएका २ सय १५ जना विद्यार्थीहरु मध्ये २ जनाले जिपिए ३ दशमलव ९५ र ३ जनाले ३ दशमलव ९० जिपिए ल्याएका छन् । यस्तै ३ दशमलव ६५ जिपिएभन्दा माथि प्राप्त गर्ने (ए प्लस) २९ जना रहेका छन् । ३.२५ जिपिएभन्दा माथि (ए) प्राप्त गर्ने ५२ जना, २.८५ भन्दा माथी प्राप्त गर्ने (बि प्लस) ६९ जना, २.४५ जि.पि.ए भन्दा माथि प्राप्त गर्ने (बि) ५३ जना र २.१५ भन्दा माथि प्राप्त गर्ने (सि प्लस) १२ जना रहेको प्राचार्य गोविन्द ज्ञवालीले बताएका छन् । कार्यक्रको स्वागत सह–प्राचार्य चुडामणी पौडेल र संचालन शिक्षक राजेन्द्र पौडेलको रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।