ताजा अपडेट »

सैनामैना मेमोरियलका विद्यार्थीले रोपे धान

आइतबार, १५ असार २०७६, १८ : ३१
4 Shares

असार १५,

सैनामैना । पठनपाठनमा व्यवहारिकता अवलम्बन गर्दै आएको सैनामैना-१ आदर्श पथमा रहेको सैनामैना मेमोरियल स्कुलले धान दिवश मनाएको छ । विद्यालयको प्ले–ग्रुप देखि यु.के.जी. सम्मका वालवालिकाहरुले विद्यालयको आफ्नै १ कठ्ठा क्षेत्रफल जग्गामा धान रोपेका थिए भने संगसंगै विद्यालयका शिक्षक -शिक्षिकाहरुले समेत रोपाईँमा सहभागिता जनाएका थिए ।

स-साना नानीहरु हिलोमा लडिबुडी गर्दै धान रोपेको दृष्य हेर्न अभिभावकको समेत भिड लागेको र बालबालिकाहरुले व्यवहारिक शिप सिक्न धान रोप्ने कार्यक्रमको आयोजना गरिएको विद्यालयकि पूर्व-प्रा.वि. प्रमुख मिना भुषालले बताईन् । विद्यार्थीलाई पठनपाठनसँगै जीवन उपयोगी सिप सिकाउने उद्देश्यले धान दिवसको अवसर पारेर रोपाईँ कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्राचार्य जे. बि. क्षेत्रीले बताए । “हिलोमा खेल्न पाउँदा नानिबाबुहरु साह्रै खुशी हुनुभयो । वालवालिकाको खुशी नै हाम्रो खुशीहो ”-उनले भने । रोपाईँ पश्चात विद्यालयले सम्पुर्ण शिक्षकशिक्षिकाहरुलाई दही चिउरा समेत खुवाएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।