१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

परासी । पश्चिम नवलपरासीको परासी स्थीत जिल्लाकै ठूलो अस्पतालको रुपमा रहेको पृथ्वी चन्द्र अस्पतालमा दैनिक कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ । तर अझै पनि अस्पतालमा सामान्य अक्सिजन सुविधा बाहेक अन्य सुविधा विस्तार हुन सकेको छैन् । अस्पतालमा एक महिनाको अवधिमा झण्डै २० जनाको मृत्यु भईसकेको छ ।

अधिकांशलाई उच्च गति अर्थात एचडियुबाट अक्सिजन दिनुपर्ने अवस्था छ तर अस्पतालमा त्यो व्यवस्था नहुँदा कतिपय संक्रमितले अकालमा ज्यान गुमाउनु परेको छ । अस्तालमा उच्च गतिको अक्सिजन सेवाको लागी तयारी भएपनि बजेट अभाव रहेको अस्पताल व्यवस्थापन समितको भनाई छ । यसै क्रममा सोबार मात्रै लुम्बिनी प्रदेश सरकारले पृथ्वी चन्द्र अस्पतालमा एचडियु सेवा सञ्चालनका लागी १५ लाख रुपैयाँ बजेट निकासा गरेको छ ।

एचडियु सेवा संञ्चालन र कोरोना संक्रमितको व्यवस्थापनका लागि भन्दै १५ लाख रुपैयाँ प्राप्त भएको अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले जानकारी दिए तर सो रकम एचडियु सहितको सेवा विस्तारका लागी अप्रर्याप्त रहेको उनको भनाई छ ।
एक करोड बढिको बजेट माग गरिएको थियो । त्यसमा पनि घटाएर ७० लाख रुपैयाँ प्राप्त हुने चर्चाका बीच सोमबार १५ लाख रुपैयाँ मात्रै प्राप्त भएपछि अस्पतालमा सेवा विस्तारमा समस्या हुने व्यवस्थापन समितिको भनाई छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप