१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभाव देखिएको छ । हाल पूर्वी­मध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ उत्तर–उत्तर­पश्चिम हुँदै गुजराततिर बढ्ने क्रममा रहेको छ । यस चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि केही असर नेपालको भू–भागमा पनि पर्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो प्रणालीका कारण आज देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ । त्यस्तै बुधबार पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले आज बुलेटिनमार्फत जनाएको छ ।

बिहीबार कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/वर्षा र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको महाशाखाको अनुमान छ ।
­­­

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ