९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

बुटवल । केही दिन यता रुपन्देहीमा कोरोना संक्रमितको संख्यामा केही कमि आएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा १ हजार ३३६ जनाको कोरोना परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । यो कुल परीक्षणको करिब २८ प्रतिशत हो । रुपन्देहीमा केहीदिन अघि परीक्षणको ५० प्रतिशत भन्दा धेरैमा कोरोना संंक्रमण देखिएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा सबै भन्दा धेरै बुटवल उपमहानगरपालिकामा ८३ महिला र ८१ पुरुष गरी १६४ संक्रमित थपिएका छन् । यस्तै तिलोत्तमा नगरपालिकामा ७६, सिद्धार्थनगर नगरपालिकामा २८,देवदह नगरपालिकामा ३१, सियारी गाउँपालिकामा ११, सैनामैना नगरपालिकामा ३३, ओमसतिया गाउँपालिकामा १०, शुद्धोधन गाउँपालिकामा ९, मायादेवि गाउँपालिकामा ४, कन्चन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३/३ जना, गैहहवा गाउृँपालिकामा २, सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिकामा र रोहिणी गाउँपालिकामा १/१ जना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो सँगै रुपन्देहीमा कोरोनाका कुल संक्रमितको संख्या २३ हजार २५४ पुगेको छ भने १६ हजार २६५ जना निको भइसकेका छन् । हाल जिल्लामा ६ हजार ६२८ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० जनाको मृत्यु भएको छ । यो सँगै रुपन्देहीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६२ पुगेको छ । आइतबार ६०८ जनाको कोरोना परीक्षण गर्दा ३९४ जनामा संक्रमण पुष्टि भएको थियो भने ६ जनाको मृत्यु भएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारको समर्थन आजै फिर्ता लिने तयारीमा माओवादी चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने