१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

बुटवल । नयाँ भेरियण्टको कोरोना संक्रमण वृद्धिलाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन सेन्टरलाई रोटरी क्लब अफ भैरहवाले स्वास्थ्य उपकरण सहयोग गरेको छ । रुपन्देहीमा देखिएको अक्सिजन अभाव र अभावबाट धेरैले ज्यान गुमाएको अवस्थालाई नियन्त्रण गर्न सहयोगका लागि ४ लाख ७५ हजार बराबरका सामग्री प्रदान गरेको रोटरी क्लब अफ भैरहवाका चार्टड प्रेसिडेण्ट राजकुमार गुप्ताले बताए ।

रोटरी क्लब अफ लुम्बिनीको सहकार्यमा क्लबले उक्त सामग्री क्लबले सोमबार नगरपालिका उपप्रमुख उमा काफ्लेलाई हस्तान्तरण गरेको गुप्ताले जनाए । रोटरी क्लब अफ भैरहवाका पूर्व अध्यक्ष सञ्जिव शर्माको संयोजनमा कार्यक्रम भएको थियो । सहयोग स्वरुप रोटरीले अक्सिजन ३ लाख ७५ हजारको कन्सन्ट्रेशन मेसिन र ४ सय लिटर क्षमताका १ लाख बरारबरका डिसइन्फेक्सन मेसिन प्रदान गरेको जनाएको छ । सहयोग हस्तान्तर कार्यक्रममा सिद्धार्थनगर –८ का राजेन्द्रजङ्ग राणा, नगरका अधिकृत दुश्यन्त कुमार थापाको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै