१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

पोखरा । अक्सिजन नपाउदाँ बिरामीको मृत्यु भएका खबर आइरहेका छन् । तर गण्डकी प्रदेशमा अक्सिजन सिलिण्डर र ग्याँसका कारण ज्यान गुमाउनुपरेको छैन् । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेका दुई अक्सिजन ग्याँस कम्पनीले यस क्षेत्रको माग थेगिरहेका छन् । पोखरामा अहिले बिभिन्न अस्पतालमा गरी दैनिक लगभग एक हजार सिलिण्डर ग्यास कोरोना सङ्क्रमितको उपचारका लागि प्रयोग भैरहेको छ । पोखरामा आजको अवस्थामा दैनिक १५ सय सिलिण्डर ग्यास उत्पादन हुँदै आएको छ । पोखराका निजी स्तरबाट संचालित पोखरा अक्सिजन प्रालिमा दैनिक नौ सय र कालिगण्डकी अक्सिजन प्रालिमा दैनिक छ सय सिलिण्डर ग्यास उत्पादन भइरहेको छ । दुवै कम्पनीको अधिकतम ग्यास उत्पादन क्षमता अनुसार नै अहिले अक्सिजन ग्यास उत्पादन भैरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम बताउँछन् ।

Advertisement

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. बाबुराम आचार्य भन्छन्–‘अक्सिजन अभाबकै कारण पोखरामा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था छैन । व्यबस्थापनमा केही समस्या हुँदा ग्यास अभाव भएको जस्तो भएको थियो । तर पोखरामा ग्यास अभाव छैन । अहिले दुवै कम्पनीमा सशस्त्र प्रहरी राखेर बिरामीको चाप हेरेर अक्सिजन वितरण गरिरहेका छौँ । ’आचार्यका अनुसार अहिले ग्यास अभाव नभए पनि बिरामीको चाप यसरी नै बढ्दै जाने हो भने केही दिनमा अभाव सिर्जना हुन्छ । त्यसका लागि तयारी गर्न जरुरी त । तर अहिले कै अवस्थामा ग्याँस अभाव भने छैन ।

अक्सिजन कम्पनीका अनुसार निजी अस्पतालहरुले सरकारी अस्पतालले भन्दा ज्यादा ग्याँस खपत गरिरहेका छन । ग्यास कम्पनीमा सशस्त्र प्रहरीको निगरानी बढाएसँगै अहिले ग्यास समानुपातिक रुपमा वितरण भइरहेको आचार्यले बताए । आचार्य भन्छन्–‘केही दिन पहिला समस्या आएपछि हामीले दुई कम्पनीमा सशस्त्र प्रहरीको ड्युटी खटाएका छौँ । अहिले समानुपातिक रुपमा वितरण भइरहेको छ । सिलिण्डरको व्यवस्थापन पनि चुस्त भएको छ । ’ पोखराका संचालित दुई कम्पनीका डाटा अनुसार पोखरामा ठुलो र सानो गरि लगभग तीन हजार ग्यास सिलिण्डर रहेका छन । ति सबै स्वास्थ्य क्षेत्रमा भने छैनन् । यो महामारीको समयमा निर्माण उद्योगहरुसँग समन्वय गरेर सिलिण्डर स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न सकियो भने खास समस्या हुँदैन । पोखरामा अक्सिजन लिन अन्य प्रदेशबाट समेत आउने गरेका छन् ।

आइतबार गुल्मीबाट पाँच सिलिण्डर लिएर अक्सिजन लिन आएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए। गण्डकी प्रदेशका ११ जिल्ला बाहेक अन्य प्रदेशबाट आएकालाई समेत हामी अक्सिजन ग्यास पठाउने गरेका छौ उनले भने, ‘यहाँ अभाव भएको भए पठाउन सकिन्थेन त्यसैले यो महामारीमा मान्छे बचाउने विषय ठूलो हो ।त्यसैले दिएका छौ ।’ यसैबीच पोखरा महानगरपालिकामा अक्सिजन प्लान्ट स्थापनाका लागि जग्गाको खोजी गरिएको छ । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई जग्गाको प्लान्ट स्थापनाका लागि जग्गाको खोजी गर्न आग्रह गरेका हुन् । अधिकारीको फोनपछि कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पोखरा महानगरपालिका प्रमुखलाई जग्गा खोजीका लागि आग्रह अनुरोध गरे ।-गोरखापत्र अनलाइनका लागि एकराज गिरीले तयार गरेको सामग्रीको सहयोगमा

प्रतिकृया दिनुहोस्

Flash News

अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो सत्ता गठबन्धनको बैठक सुरु विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु