ताजा अपडेट »

‘सगरमाथाको शिक्षा, संस्कार सहितको शिक्षा’

आइतबार, १५ असार २०७६, १७ : ०४
12 Shares

वि.स.२०५१ सालमा स्थापना भई निरन्तर शैक्षिक गन्तव्यमा क्रियाशिल रहेको विद्यालय हो सगमाथा उच्च मावि । पुर्व पश्चिम राजमार्गदेखि २ सय मिटर पश्चिममा देवदह नगरपालिका वडा नम्बर ७, सितलनगरमा अवस्थित यस विद्यालयले धेरै विद्यार्थीलाई अक्षर चिन्हाउँदै देशको सक्षम जनशक्ति र सफल नागरिक बनाउने काम गर्यो ।

कुल १७ कट्ठा क्षेत्रफलमा फैलिएको यो विद्यालयले वि.स. २०६० सालदेखि तत्कालको एसएलसी परिक्षा (हालको एसईई)मा विद्यार्थी सहभागि गराउन थालेको हो । एसएलसी परिक्षामा विद्यार्थी सहभागी गराउन लागेको तेस्रो वर्ष २०६३ सालको एसएलसी परिक्षामा यस विद्यालयका अनिस लामिछानेले नेपालकै दोस्रो स्थान हासिल गर्न सफल भएका थिए ।

एसईई– २०७५ को परिक्षामा जिपिए ३ दशमलव ८५ ल्याउन सफल विद्यार्थी कृतीका अर्याल


२५ वर्षको यो लामो यात्रा तयगरिसकेको यस विद्यालयबाट वि.स. २०७५ सालको एसईई परिक्षामा सहभागि विद्यार्थीको नतिजा पनि राम्रो रहेको विद्यालयको दाबी छ । कुल ४८ जना विद्यार्थी एसईईमा सहभागि बनाएको यस विद्यालयकोतर्फबाट सबैभन्दा राम्रो नतिजा ल्याउने कृतीका अर्यालले ३ दशमलव ८५ जिपिए ल्याएकी छिन् ।

विद्यालयमा सबैभन्दा थोरै जिपिए प्राप्त गर्ने विद्यार्थीले पनि २ दशमलव २५ जिपिए हासिल गरेको विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले जानकारी दिए । कक्षा ११/१२ को समेत अध्यापन हुने यस विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा संकायमा अध्यापन हुने गर्दछ । हालै प्रकाशित भएको एसईई परिक्षाको नतिजाबाट सन्तुष्ट रहने ठाउँ भएपनि विद्यालयलाई अझ उत्कृष्टता कायम राख्नका लागि निरन्तर प्रयास गरिरहने बताउँछन् प्राचार्य पौडेल । सगरमाथा आवासिय उच्च माविको विषयमा उनीसँग गरिएको कुराकानी ।

तपाई सगरमाथा आवासिय उच्च माविलाई कसरी परिचय गराउँनुहुन्छ ?
-सगरमाथा उच्च मा.वि. लामो शैक्षिक यात्रा गरीसकेको विद्यालय हो । हामीले विद्यार्थीलाई परिक्षामा पास गराउने मात्र होइन असल नागरिक बन्न सिकाउँछौ । यो विद्यालय देवदह क्षेत्रमै नमुना विद्यालय हो । यो विद्यालयमा कक्षा १० तथा ११÷१२ का गरी एक हजार पाँच सय बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् । विद्यार्थीका लागि पूर्णरुपमा शैक्षिक वातावरण सिर्जना गरी शैक्षिक गतिविधि सञ्चालन गर्ने गरिएको छ ।

परम्परागत तथा साँस्कृतिक पोशाकमा विद्यार्थी

अन्य शैक्षिक संस्थाभन्दा यो विद्यालयमा भएको फरक विशेषता ?

-‘अबको शिक्षा संस्कार सहितको शिक्षा’ यो हाम्रो शैक्षिक सत्र २०७६/७६ का लागि मुल नारा हो । विद्यार्थीलाई अनुशासन र व्यवहारिक ज्ञानमा जोड दिनुनै यो विद्यालयको प्रमुख विशेषता हो । विद्यार्थीलाई कितावि ज्ञानका साथै सामाजिक आचण र व्यवहार समेत सिकाउन जरुरी छ त्यसैले हामीले विद्यार्थीलाई अनुशासन र प्रयोगात्मक सामाजिक शिक्षालाई जोड दिएका छौ ।

शैक्षिक सुधारका के कस्ता अल्पकालिन तथा दिर्घकालिन योजना रहेका छन् ?
-अबको ५ वर्षभित्रमा विद्यालयका सबै कक्षा कोठालाई डिजिटल प्रविधीयूक्त बनाउने हाम्रो प्रमुख लक्ष्य हो । विद्यार्थीलाई विश्व बजारमा विक्न सक्नेगरी दक्ष जनशक्तिका रुपमा स्थापित गर्न सक्ने गरी शैक्षिक क्रियाकला सञ्चालन गरेका छौ । विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरलाई सुधार गर्दै मुलुककै नमूना शैक्षिक संस्था बन्ने लक्ष्य हो ।

नृत्य प्रस्तुतीका लागि सजियका सगरमाथाका विद्यार्थी

एसईईको नतिजा प्रकाशित भएसँगै विद्यार्थीले शैक्षिक संस्था परिवर्तनको लहर चल्ने गरेको छ, यसमा तपाईको कस्तो धारणा रहेको छ ?
-यो प्रवृत्ति विद्यार्थीले जानेर होस या नजानेर, विल्कुल गलत हो । सामाजिक रुपमा नै हामीले कक्षा ११ र १२ लाई फरक हो भन्ने मानसिकता उनीहरुको दिमागमा बसाल्नु पनि कम्जोरी हो । कक्षा १२ उत्तिर्ण गरेपछि मात्रै विद्यालय शिक्षा सकिने हो भन्ने कुरा नबुझेर पनि विद्यार्थीहरुले यसो गरेको हुनसक्छ । सकेसम्म कक्षा १२ सम्म एउटै शैक्षिक संस्थामा अध्ययन गर्दा राम्रो हुन्छ । विशेष गरी एसईई परिक्षाको नतिजाप्रकासीतसँगै विभिन्न इन्ष्टिच्युट तथा कन्सल्टेन्सीहरुले विद्यार्थीलाई अनावश्यक प्रलोभन देखाएर भारत, अष्ट्रेलिया, जापान लगायत अन्य मुलुकमा शैक्षिक अवसरको प्रलोभन देखाउने गर्दछन् त्यो कार्य तत्काल बन्द गर्नुपर्छ ।

विद्यार्थीले आविस्कार तथा निर्माण गरेका बस्तुहरु प्रर्दशनी

शिक्षामा दलाली गर्ने ती कन्सल्टेन्सीलाई राज्यले नै नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न जरुरी छ । ती कन्सल्टेन्सीहरुका कारण पनि विद्यार्थीको भावना विचलिन हुनेगरेको पाइन्छ, त्यसैले विद्यार्थी भाईबहीनीहरुले विज्ञापनको आडमा नलागी कक्षा १२ सम्मको शैक्षिक यात्रालाई आफ्नै विद्यालयमा निरन्तरता दिनु राम्रो हो भन्ने सल्लाह दिन चाहान्छु ।

खेलकुदमा सहभागि हुँदै सगरमाथाका विद्यार्थी

सगरमाथालाई विद्यार्थी तथा अविभावकले कसरी मूल्याङ्न गरेको पाउनुभएको छ ?
-उहाँहरुले राम्रो मूल्याङ्कन गरेर नै हामी यतीलामो यात्रा तय गर्न सफल भएका हौँ । साथ, सहयोग र सहकार्य निरन्तर भइरहेको छ । आगामी दिनमा पनि यसरी नै साथ सहयोग र सहकार्य हुनेमा हामी आशाबादी छौ । आज हामीले जे जति शैक्षिक उपलब्धि हासिल गरेका छौ उहाँहरुले नै गर्दा हो त्यसैले धन्यवाद तथा आभार प्रकट गर्न चाहान्छु । विद्यालयको शैक्षिक गुणस्तर कायम राख्दै अगाडि बढ्नका लागि हामी सदैव तत्पर र क्रियाशील रहने कुरा पनि विश्वास दिलाउन चाहान्छु ।

-डि.बि. सुस्लिङ / बुद्धभूमि

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।