Mar 23, 2023
बुटवल । कोभिड-१९ को संक्रमणको असामान्य वृद्धिसंगै रगतको पनि अभाव छ । यहि अभाव हटाउनको लागि स्वयंसेवी रक्तदाता समाज सक्रियताका साथ लागिरहेको छ ।
रक्त अभाव पुर्तिका लागि रक्तदाता समाजले दिनहुँ रक्तदान कार्यक्रमको आयोजना गरिरहेको बताउँदै स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य तथा रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्रीले आफुहरु फिल्डमै गएर समेत रगत ब्यबस्थापन गरिरहेको बताए ।
शनिबारमात्र कपिलवस्तुमा २० युनिट रगत संकलन गरेको समाजले आइतबार रुपन्देहीको भलुही र बुटवलमा गरि ४५ युनिट रगत जम्मा गरेको छ ।
देवदहको भलुहीमा आयोजित विशेष रक्तदान कार्यक्रमबाट ३० युनिट र बुटवलबाट १५ युनिट गरि ४५ युनिट रगत संकलन भएको समाजका महासचिव उदयराज भट्टराईले जानकारी दिए ।
निषेधाज्ञाकै विच भलुहिमा संघार समूहले आयोजना गरेको रक्तदान कार्यक्रममा रगत संगै आर्थिक सहयोग पनि प्राप्त भएको समाजका सचिव प्रशन्न श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस्