१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

भैरहवा । अक्सिजन अभावको कारण कोरोना संक्रमीतको उपचारमा समस्या भइरहेकोबेला लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले भीम अस्पताल भैरहवामा अक्सिजन प्लान्ट स्थापनाको लागि १ लाख १ हजार सहयोग गर्ने भएको छ । संस्थाका अध्यक्ष शिवनाथ गुप्ता सहितको लायन्सको टोलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारयण प्रसाद भन्डारी, मेडिकल सुपरीटेन्डेण्ट डा. सकुन्तला गुप्ता, अस्पतालका पूर्व अध्यक्ष हितराज पन्थि लगायतसँगको छलफलपछि अस्पतालमा मुख्य रुपमा अक्सीजनको अभाव देखिएको भन्दै उक्त सहयोग गर्ने निर्णय गरेको क्लबका प्रथम उपाध्यक्ष गोबिन्द प्रसाद गिरीले बताए ।

Advertisement

लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले कोरोना महमारी विरुद्धमा सरकारी तथा गैरसरकारी निकायसँग हातेमालो गरेर अगाडी बढ्ने क्रममा उक्त सहयोग गरेको क्लबका अध्यक्ष शिबनाथ गुप्ताले बताए । उनले भने, ‘बेड नपाएता पनि कोभिढ संक्रमीतहरु भूईमा समेत बसेर अक्सिजनको भरमा उपचार गराईरहेको देखेपछि हामीले मानविय भावले उक्त सहयोग गर्ने निधो गरेका हौं ।’लुम्बिनी प्रदेश सरकारले कोभिड अस्पतालको रुपमा भीम अस्पताललाई विकास गरिरहेको भएता पनि प्रायाप्त अक्सिजन नहुँदा धेरै बिरामीको उपचारमा समस्या भइरहेको छ । सरकारी अस्पतालमा सेवाग्राहीको चाप पनि बढीरहेको बेला उक्त अस्पतालले भूईमा समेत राखेर कोभिड संक्रमितको उपचार गराईरहेको अस्पतालको मेसू डा. गुप्ताले बताइन् ।

शनिबार अस्पतालको व्यवस्थापकीय जिम्मेवारी बहन गरेका अस्पताल विकास समितिका अध्यक्ष नारयणप्रसाद भन्डारीले लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले अक्सिजन प्लान्ट स्थापनाकोलागि प्रोत्साहन स्वरुप गरेको सहयोग उल्लेखनीय रहेको बताए । उनले भने, ‘यस अस्पतालमा आउने हरेक विरामीलाई आवश्यक अक्सीजन, औषधी र चिकत्सकीय सेवामा कमि हुन नदिन हामी लागि परेका छौं । यहाँ मुख्य समस्या अक्सीजन नै हो । ग्रीनसिटीले अक्सीजन व्यवस्थापनमा हौसला प्रदान गर्दै गरेको सहयोगले हामीलाई पनि अक्सीजन प्लान्ट राख्न प्रोत्साहित गरेको छ । ’

कोरोनाको पहिलो लहरमा तपाईको मास्क खै भन्ने अभियान चलाएर जिल्ला व्यापाी सचेतना मूलक कार्यक्रम गरेको उक्त संस्थाले सत्य साई बृद्धाश्रममा बसिरहेका वद्धवृृद्धाको कोरोना विमा समेत गरिदिएको थियो । उक्त संस्थाले कोरोनाको दोस्रो लहर चलिरहदा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा कोभिढ संक्रमीत विरामीका आफन्त तथा कुरुवालाई विगत एक हप्तादेखि निशुल्क खाना खुवाउने कार्यक्रम समेत चलाइरहेको छ । उक्त कार्यक्रमबाट अहिले सम्म १५ सय भन्दा बढी लाभान्वीत भएको कार्यक्रम संयोजक समेत रहेकी संस्थाको यूथ निर्देशक संगिता जिसीले बताइन् ।

लायन्स क्लब अफ डिस्ट्रीक ३२५ बिटू मा आबद्ध लायन्सहरु मध्ये सबैभन्दा धेरै चार्टड सदस्य रहेको लायन्स क्लब अफ भैरहवा ग्रीनसिटी स्थापना कालदेखि विभिन्न मानविय सेवामा सर्मर्पित रहेर काम गरिरहेको संस्थाका तृतिय उपाध्यक्ष मनोज क्षेत्रीले बताए । उनले भने, ‘यो कोरोना महामारीमा सबैजना घरभित्रै छन् तर हामी अस्पतालमा अक्सीजनको जोहो गर्न र अस्पतालमा आएका विरामी तथा तीनका आफन्तलाई सहयोग गर्न दिनरात खटिरहेका छौं ।’

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै