९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

त्रिशूली । नुवाकोटमा आज कोरोना सङ्क्रमित तीन जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएर त्रिशूली अस्पतालमा उपचार गराउँदै आएका दुई र होम आइसोलेशनमा रहेका एकजनाको मृत्यु भएको हो ।

अस्पतालको सघन उपचार कक्षमा उपचाररत विदुर नपा–४ की ४३ वर्षीया महिला र अस्पतालको आइसोलेशन वार्डमा उपचाररत किस्पाङ गापा–५ का ३३ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमित भएर उपचाररत दुवै जनाको आज बिहान मृत्यु भएको हो ।

यस्तै शिवपुरी गापा–४ सिक्रेमा कोरोना सङ्क्रमित ६१ वर्षीया एक महिलाको आज बिहान मृत्यु भएको छ । आफ्नै घरको होम आइसोलेशनमा बस्दै आएकी ६१ वर्षीया महिलाको श्वासप्रश्वासमा समस्या देखिएसँगै आज बिहान मृत्यु भएको सोही वडाका वडाध्यक्ष झमकराज गुरुङले जानकारी दिए। नुवाकोटभित्र कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या योसहित आठ पुगेको छ । कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या हाल ७३७ रहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने