July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

गोदाममै कुहियो लाखौको केरा

174

परासी । गोदाममै फलफुल कुहिदा पश्चिम नवलपरासीका फलफूल व्यावसायीहरु त्यसको चपेटामा परेका छन् । जिल्लामा जारी भएको निषेधाज्ञाका कारण १० लाख वरावरको केरा गोदाममै कुहिएको व्यवसायी मेगराज हमालले वताए ।

नेपालमा यतिवेला केरा नपाउने र भारतबाट केरा मगाउन पर्ने बाध्यता छ । यता अर्डर गरेको केरा आउन साथ निषेधाज्ञा सुरु भएपछि पश्चिम नवलरासीका बजार लगाएत रुपन्देहि , नवलपुर र चितवनका बजारमा केरा सप्लाई नहुदाँ गोदाममै कुहिएको व्यवसायी हमालको गुनासो छ । विगत ४ बर्ष देखि सुनवल- ४ मा रेसुङ्गा फ्रुट सेन्टर नै संचालन गरी फलफूलको व्यवसाय गरेका हमाल चिन्तित हुदै २० टन केरा कुहिएपछि फाल्नुको विकल्प नभएकोे बताए ।

पहिलो चरणको कोरानाले नै थला पारेको व्यापार व्यावसाय दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण झनै फैलिदा निषेधाज्ञा अगाडिनै अडर गरेको केरा लगाएतका फलफुल विक्री नहुँदा फलफूल व्यवसायी मर्कामा परेका हुन् ।

पछिल्लो अपडेट