१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाण्डाै । अस्पतालमा अक्सिजनको हाहाकार भैरहेको बेला सरकारले अबको केही दिनमै अभाव कम हुने दाबी गरेको छ । आपूर्ति बढेको र वितरण पनि व्यवस्थित हुन थालेकाले एक, दुई दिनमै अक्सिजन सहज हुने स्वास्थ्य मन्त्रालयले दाबी गरेको हो ।

Advertisement

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आयात र वितरणसँगै बिग्रेका अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालन गर्ने काम भैरहेको पनि बताए । यसैबीच ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाट हिजो अक्सिजन सिलण्डर नेपाल ल्याएको हो ।

अक्सिजन सिलिण्डर गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त भएका हुन् । ओमानबाट फर्किएको जहाज अक्सिजन सिलिण्डर लिन गएराति नै चीनको राजधानी बेइजिङ गएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार सिलिण्डरसँगै चीनबाटै आठवटा अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ ।

निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार वाइड बडी जहाजले लगातार चार दिनसम्म बेइजिङबाट दैनिक ५ सय ५० सिलिण्डर ल्याइनेछ । यस्तै नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न ठाउँबाट पछिल्लो २४ घण्टामा ६ सय ७३ अक्सिजन सिलिण्डर सङ्कलन गरी अत्यावश्यक क्षेत्रमा वितरण गरिएको छ । सङ्कलित सिलिण्डरमध्ये ३ सय २६ भरिएका र ३ सय ४७ खाली छन् ।

प्रहरीले हिजो सङ्कलन गरेका ६ सय ७३ र यसअघिको स्टक ९४ गरी जम्मा ७ सय ६७ सिलिण्डरमध्ये ५ सय ८५ काेराेना अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल आयाल निगमले पनि तरल अक्सिजन आयात गर्ने तयारी गरेको छ । भारतबाट तरल अक्सिजन ल्याउनको लागि इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरिएको निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप