९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा अस्वीकार गरेका खुलासा गरेका छन् ।पूर्व प्रधानमन्त्री समेत रहेको भट्टराईले आइतबार बिहान ट्वीट गर्दै देशलाई निकास दिन प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सरकारको प्रस्ताव राखेको बताए । तर वर्तमान / पूर्व​ प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव ओलीले अस्वीकार गरेपछि उक्त कुरा अरुलाई नभनेको भट्टराईको भनाइ छ ।भट्टराईले बैशाख २८ गते राति ओलीलाई भेटेका थिए । उनले २९ गते विहान ट्वीटर मार्फत देशको संकट हल गर्न चार प्रस्ताव अगाडि सारेका थिए ।
एमाले नेता महेश बस्नेतले शनिबार एक टेलिभिजन अन्तर्वार्तामा भट्टराईले ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिएपछि उनको उक्त कुरा खुलाएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो- महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमान र पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो। वहॉले नमानेपछि अरूलाई नभनेको हुँ ।’

अझै पनि धारा ७६ (५) बमोजिम राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने भट्टराईको भनाइ छ । काँग्रेस र माओवादी केन्द्रले बहुमत जुटाउन नसकेपछि ओलीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको हैसियतले अल्पमतको सरकार बनाएका छन् ।उनले ३० दिनभित्र बहुमत सिद्ध गर्ने नसकेको खण्डमा संविधानको धारा ७६ (५) अनुसार बहुमत जुटाउन सक्ने प्रतिनिधिसभाको सांसदले प्रधानमन्त्रीमा दाबी गर्न सक्ने व्यवस्था छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना !