१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

जनकपुरधाम सङ्कट व्यवस्थापन समिति धनुषाले अक्सिजन वितरण प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउनु पर्ने आवश्यकतातर्फ ध्यानाकर्षण गराएको छ ।

Advertisement

समितिको आज यहाँ बसेको बैठकले सोका लागि चालु भेन्टिलेटर , आइसियू तथा खपत भएका श्यया सङ्ख्याका अद्यावधिक विवरणका आधारमा छुट्टै अभिलेख राखी पारदर्शी रूपमा व्यवस्थापन गर्नु पर्ने खाँचौ औल्याएको छ ।

समितिले जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ मा निर्माणको अन्तिम चरणमा पुगेको एसआरजे ग्यास उद्योगलाई अक्सिजनको राष्ट्रव्यापि न्यूनताका अवस्थामा यथाशीघ्र निर्माण कार्य सम्पन्न गरी उत्पादन शुरू गराउन सबै निकायलाई सहयोगका लागि आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका समितिद्वारा जनकपुरधाममा निर्माणको अन्तिममा पुगेको ग्यास उद्योगलाई अक्सिजनको राष्ट्रव्यापी न्यूनताका अवस्थामा शुरू गर्न विद्युत जडानको कार्य द्रूत गतिमा अगाडि बढाउन प्रक्रियागत कार्य सम्पादन गर्ने निर्णय गरिएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधाममा सञ्चालित कोरोना अस्पतालमा कोरोना संक्रमितको उपचारमा अत्यावश्यक मेडिकल तथा सर्जिकल सामग्रीको अभाव हुन थालेको र शीघ्र आपूर्ति गर्नु पर्ने भनि सो अस्पतालबाट अनुरोध भई आएकाले महामारीको विद्यमान अवस्थामा सार्वजनिक खरिद ऐन विशेष अवस्थामा खरिद गर्न सकिने खरिद प्रक्रिया अवलम्बन गरी अधिकतम पारदर्शी खरिद र आपूर्ति व्यवस्थाका लागि समितिले सहमति दिएको छ ।

समितिद्वारा जिल्लामा महामारी बढ़दै संक्रमण र मृत्युदरको वृद्धि सन्दर्भमा नियन्त्रण र रोकथामका लागि सबै क्षेत्रमा समन्वयात्मक रूपमा प्रयास अगाडि बढ़ाउन अस्पताल र श्यया व्यवस्थापन , अक्सिजन आपूर्ति र वितरण ,एम्बुलेन्स र शववाहन व्यवस्थापन,मेडिकल सर्जिकल सामग्री आपूर्ति व्यवस्थापन र संक्रमित मृतकको शव व्यवस्थापन समिति पनि गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ