June 23, 2021, Wednesday
९ असार २०७८, बुधबार

थप ८ हजार१६७ जनामा कोरोना संक्रमण, ५ हजार ४८८ निको, १८७ को मृत्यु

219

बुटवल । पछिल्लो २४ घण्टामा देशभर गरी थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ५४८८ जनाले कोरोना जितेका छन् ।

यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो ।

हालसम्म संक्रमितमध्ये ४८५६ जनाको मृत्यु भएको छ भने बाँकी १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु होम आइसोलेशन र विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

पछिल्लो अपडेट