९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

रोल्पा । त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । वडा नं २ मा आयोजित कार्यक्रममा उनीहरुलाई रु २५ लाख ४० हजार ४४८ बराबरको राहत सामग्री हस्तान्तरण गरिएको हो ।

Advertisement

अग्निपीडितलाई सामग्रीसहितको सुरक्षित बास बस्नका लागि टेन्ट, कपडा, भाँडाकुँडा, विद्यार्थीका लागि कापीकलमसहितको झोला र नगद प्रदान गरिएको हो । रोटरी क्लब अफ महाबौद्ध पाटन, रोटरी इन्टरनेशलन ३२९२ नेपाल–भूटान, रोटरी क्लब अफ दरबारमार्ग काठमाडौँ, रोटरी क्लब अफ काठमाडौँ मेट्रो, रोटरी क्लब अफ ल ब्रान्च वर्ग अमेरिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त आयोजनामा उक्त राहत सङ्कलन गरिएको थियो । नगद तथा जिन्सी सामान राहतस्वरुप सङ्कलन गरी अग्निपीडितलाई प्रदान गरिएको अग्निपीडित सहयोग समिति रोल्पा–काठमाडाँैका सहसंयोजक ईश्वरी जिएमले जानकारी दिनुभयो । सोही अवसरमा गोरखा पब्लिक हस्पिटल दाङले निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो ।

गोरखा ग्रुप र रिडी ग्रुपका अध्यक्ष तथा अग्निपीडित सहयोग समिति रोल्पा–काठमाडौँका संयोजक मानबहादुर बुढा, सहयोग समितिका सहसंयोजक तथा राप्ती समाज युकेका सहकोषाध्यक्ष हरि बुढामगरको विशेष पहलमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग सङ्कलन गरिएको थियो । आगलागीका कारण सबै समान जलेर नष्ट भएपछि दैनिकी चलाउन मुस्किल भएका बेला पाएको सहयोगले आफूहरुलाई राहत मिलेकोे अग्निपीडित पार्वती सेनले बताए।

बस्ती नजिकैबाट सल्किएको आगलागीबाट चेत्रे, धानवाङ, कापडाँडा, पिराले, वर्तिवाङ तथा रुन्टीगढी गाउँपालिका–९ गुनामका ३७ घर र ११ गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट ३७ परिवारका १७० जना प्रभावित भएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव