ताजा अपडेट »

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः पोखरेल

आइतबार, १९ बैशाख २०७८, १५ : ३४
20 Shares

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ वमोजिम मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेका हुन् ।

पोखरेलले आज विहानमात्रै एमालेको एकल नेतृत्वमा सरकार गठन गर्ने भन्दै मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए । राजिनामा दिएसँगै बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

https://www.globalaawaj.com/archives/103881
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।