१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

बुटवल । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुुभकामना व्यक्त गरेका छन् ।

Advertisement

‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा सुशासन, दीगो विकास एवं गरीबी न्यूनीकरणका लक्ष्यहरू हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने संकल्प लिएको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

सन्देशमा उनले भनेका छन्, ‘सूचना प्रविधिमैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ ।’

‘सूचना प्रविधि क्षेत्रको दुरुपयोग हुन नदिन तथा यसको विकासमा सहज पहुुँच पुुर्‍याउन सरकारले संघीय संसद्मा ‘सूचना प्रविधि विधेयक’ पेश गरेको छ,’ सन्देशमा उनले भने, ‘सूचना महामार्ग निर्माण र विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।’

मन्त्री गुरुङले सरकारले सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक शिक्षण संस्थाहरू, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुुँच सुनिश्चित गर्ने, उपरोक्त स्थानहरूमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउने र प्रत्येक स्थानीय तहमा सूूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको उल्लेख गर्दै दूरसञ्चार सेवालाई गुुणस्तरीय बनाउन फाइभजी परीक्षणको काम अगाडि बढाइएको बताए ।

‘साइबर अपराध नियन्त्रण, साइबर सुरक्षा र सरकारी डाटा सेन्टरको सुरक्षा अतिसंवेदनशील विषय भएकाले यसको सुरक्षामा विशेष ध्यान दिइएको छ,’ उनले सन्देशमा भने । मन्त्री गुरुङले सूचना तथा सञ्चार प्रविधिको उपयोग गरी कोभिड–१९ बाट सुरक्षित रहन सबैलाई हार्दिक आह्वान गर्दै सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमार्फत मुुलुकलाई समृद्ध बनाउने अभियानमा संलग्न राष्ट्रिय/अन्तरराष्ट्रिय क्षेत्रमा कार्यरत व्यक्ति, संघ, संस्थाहरूप्रति हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु