May 5, 2021, Wednesday
२२ बैशाख २०७८, बुधबार

समृद्ध नेपाल निर्माणका पूर्वाधारहरु

126


नेपालको संविधान–२०७२ कार्यान्वयनमा आएसँगै नेपालको आफ्नो परिचयमा परिवर्तन आई संघिय लोकतान्त्रिक , गणतन्त्रात्मक , सार्वभौमसता तथा राजकिय सत्ता नेपाली जनतामा निहित एक स्वतन्त्र मुलुक बन्न पुगेको छ । यसरी नेपालको परिचय नै फेरिने गरि देशमा नयाँ शासन प्रणाली यानकी विकेन्द्रीत शासन प्रणाली पूर्ण रुपमा सञ्चालनमा आएको छ । सुरुवाती चरणमा यसको कार्यान्वयनमा केही असहजता देखा पर्नु स्वाभाविक मान्नु पर्दछ । किनकी परिवर्तनलाई संस्थागत गर्नु भनेको एक प्रकारको पद्धतीबाट सञ्चालित जुनसुकै कार्यव्यवस्थालाई समयानुसार अभ्यासमा लैजानु हो । कुनै पनि देशको हरेक कुराको नेतृत्व उक्त देशको शासन प्रणालीका आधारमा अगाडि बढ्दछ र यसैले नै अन्य विविध क्रियाकलाप सञ्चालनका लागी आधारभूत नीति नियम निर्धारण गर्दछ ।

नेपालमा पछिल्लो समयमा देशको पुनः संरचना परिएको छ यसै अनुसारका विभिन्न प्रशाशनिक तथा राजनीतिक इकाइहरुको निर्माण गरिएको छ । देशमा संघ, प्रदेश तथा स्थानीय गरि तीन प्रकारका सरकारको परिकल्पना गरिएको छ । सोही अनुसार उनिहरुको आर्थिक स्रोत तथा अधिकार र दायित्वका बारेमा संविधानमै प्रष्ट किटान गरिएको छ । पुरानो संरचना तथा सरकारले आर्थिक विकासका गतिविधिलाई चुस्त बनाउन नसकेको आरोप लगाउँदै देशलाई हाल संघिय प्रणालीमा लगिएको छ । तर,यसले नेपाली अर्थतन्त्रमा सार्वजनिक खर्चको भार मात्र बढाउछ वा परिवर्तन गराउँछ भन्नेमा अनेकौ प्रश्न खडा भएका छन् । यद्दपी यस प्रणालीले देशलाई आर्थिक समृद्धिको बाटो हिडायोस् भन्ने आम नेपालीको कामना हो ।

नेपाल मिश्रित अर्थव्यवस्था अनुशरण गरेको अल्प विकसित मुलुक हो । जसको आर्थिक अवस्थालाई विश्लेषण गर्दा उदयीमान दुई विशाल मुलुकको बीचमा अवस्थीत भएतापनि भरपुर रुपमा फाइदा उठाउन नसकेको आर्थिक कुटनीतिमा फेल देशका रुपमा विश्वमा परिचित छ । यद्धपी पछिल्लो समयमा प्रकाशित संयुक्त राष्ट संघको प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर सन् २०१६ मा विश्वको तेस्रो स्थानमा पर्न सफल भएको बताएको छ । जसले नेपालको अर्थव्यवस्था बल्ल उदाउँदो सूर्यका रुपमा रहेको र जुन मध्यानान्तरको सूर्य जस्तै चम्किलो बन्नेमा शत प्रतिशत आसावादी बनाएको छ । नेपालले आफ्नो आर्थिक अवस्थामा परिवर्तन गर्न नसक्नुका पछाडी विविध कारण रहेको भएता पनि मूख्यतया ः आर्थिक तथा प्राविधिक पछौटेपन, भौगोलिक विकटता , दैद्य अर्थव्यवस्था , बेरोजगारी,असमानता , व्यवस्थित र आधुनिक औद्योगीकरणको अभाव, राजनीतिक अस्थिरता ईत्यादी मूख्य रुपमा जिम्मेवार रहेका छन् ।

नेपालले जहिलेपनि आफ्नो प्राथमिकता क्षेत्रमा राजनीतिक परिवर्तनलाई राखेको कुरालाई विभिन्न समयमा भएका आन्दोलनहरुले प्रमाणित गरेका छन् । जसको प्रमुख उपलब्धी वर्तमान समयमा प्राप्त भएको छ र अबको प्राथमिकता क्षेत्र भनेको आर्थिक परिवर्तन सहितको स्वरोजगार हुनु पर्दछ भन्नेमा सायद दुई मत छैन । वर्तमान समयमा देशमा क्रियाशिल सम्मपूर्ण राजनीतिक पाटीहरुले आफ्नो अबको कार्ययोजना भनेको प्राप्त उपलब्धिलाई सँस्थागत गर्दै आर्थिक वृद्दि र विकासको बाटोमा अगाडि बढ्ने कुरालाई उल्लेख गरेको पाइन्छ । नेपाल विश्वमा विकासोन्मूख देशका रुपमा चित्रित भएको दुई दशक हुन लागेको छ तर विकसित देशका रुपमा आउनका लागी नेपालको शाशन प्रणाली कहि कतै चुके कै छ । आ.व. २०५१/५२ देखि आ.व.०७२/७३सम्मका आर्थिक गतिविधिलाई नियाल्दा देशको कुल बजेटको अधिकांश भाग शान्ति सुरक्षाको शिर्षकमा खर्च भयो जसबाट पूँजी निर्माणको कुरा हुने कुनै योगदान नै भएन र यो खर्च साधारण खर्च मै पर्यो । यहि समयको बीचमा आ.व. २०६३÷६४ पछि देशले राजनीतिक रुपमा केही राहत पायो र आर्थिक अवस्था सुधारोन्मुख पथमा हिडेको पनि पाइन्छ ।

आज मुलुकमा नौलो शैलीका प्रशासनिक, आर्थिक , राजनैतिक तथा विविध इकाइहरुको स्थापना गरिएको छ ती मध्ये केही नेपाली जनताको आसाका केन्द्रका रुपमा त केही प्रभुका आसाका केन्द्रका रुपमा गरिएको हो । देशमा अब तीन प्रकारका सरकार रहने भएका छन तर तिनको लागी आर्थिक तथा स्रोत र साधन कसरी वितरित गर्ने र त्यो कसरी हाशिल गरिन्छ भन्नेमा प्रभावकारी बहस तथा निर्देशिकाको अभाव आज पनि छ र भोलि पनि हुनेछ छ किनकी हाम्रो कानुन प्राविधिक रुपले केही कम्जोर छ । हिजो आज गल्ली गल्ली, चोक चोक, कलेज, विद्यालय, चौतारी होटलदेखि पुस्तक पसल जहाँ त्यही अब नेपाललाई समृद्द देश बनाउने कुराको चर्चा छ तर त्यसका लागी ठोस आधार र गुरुयोजना कसैले भनेको सुन्न नपाएको यर्थाथता हो । यस लेखमा केही त्यस्ता आधारहरुलाई उठान गरिएको छ जुन आर्थिक, प्राविविधक तथा पर्यावरणीय हिसाबले उचित छन् :

१ जलस्रोत :
जलस्रोत भनेको जमिनको सतह भित्र वा बाहिर रहेको पानीको मात्रा भन्ने बुझिन्छ । नेपाल यो सम्पदामा विश्वमा दोस्रो स्थानमा तथा एसियामा प्रथम स्थानमा रहेको छ । यहाँ करिब ६००० भन्दा बढी नदीनाला तथा हजारैाँको संख्यामा साना ठूला ताल तलैया, पोखरी रहेका छन् । जसको उचित उपयोग गरी नेपाल सरकारले अधिक मात्रामा रोजगारी सिर्जना गर्न सक्ने तथा विदेशी बजारमा बिक्री गरी प्रयाप्त मात्रामा राजस्व जम्मा गरी नयाँ नेपाल समृद्द नेपाल बनाउन सकिने प्रशस्त सम्भावना रहेको छ । नेपालको नदीबाट प्रविधिक रुपमा ४३००० मेगावाट विद्युत उत्पादन गर्न सकिने , त्यसैगरी नेपालका नदीहरु बाट एसियाका सम्पूर्ण खेतीयोग्य जमिनमा सिञ्चाई सुविधा विस्तार गर्न सकिने एवम् दक्षिण एसियाका सम्पूर्ण जनतालाई स्वच्छ योग्य पिउने पानी उपलब्ध गराउने सम्भावना नेपालका नदीहरुमा छ जसले पक्कै पनि नेपाललाई समृद्ध बनाउन सक्छन् ।
२ जैविक विविधता :
नेपाल प्राकृतिक तथा जैविक विविधताका दृष्टिकोणले भू–स्वर्गका रुपमा चर्चित अर्थात फेसनको दूनियामा विश्व सून्दरीको चर्चा बाह्य जगतमा सो बराबरकै गतिमा नेपालको जैविक विविधताको चर्चा हुने गरेको विभिन्न अन्र्तराष्ट्रिय संघ संस्था तथा एजेन्सीहरुले निकालेको प्रतिवेदनबाट पुष्टि हुन्छ । नेपालको जैविक विविधता विश्वमै एक अनौठो प्रकृतीको मानिन्छ यहाँ विश्वमा लोपोन्मुख सूचीमा दर्ता भएकादेखि अन्यन्त्र कतै नपाइने जिव जन्तु , वनस्पती , पशुपन्छी समेत पाइने गर्दछन् । जैविक विविधता प्रति एकाई क्षेत्रमा रहेका जीव जन्तु , वनस्पती , प्राणी , जीवाणु , वंशाणु र उक्त क्षेत्रको वातावरणीय प्रणाली हो । Bio-diversity या Profit project  का अनुसार विश्वको कुल क्षेत्रफलमा नेपालमा नेपालको हिस्सा ०.००३ प्रतिशत रहेको छ जैविक विविधताका हिसाबले नेपालको स्थिति निम्नानुसारको रहेको छ :
 विश्वमा पाइने कुल वनस्पतीहरुको करिब ३ प्रतिशत नेपालमा पाइने ,
 करिब ३५० प्रजातीका वनस्पतीहरु नेपालमा मात्र पाइने ,
 नेपालको ९५ प्रतिशत वनस्पतीको नाम मात्र विश्वमा सूचिकृत भएको छ , बाँकी ५ प्रतिशत सूचिकृत हुन बाँकी रहेको अवस्था छ ।
 विश्वमा पाइने १८,१५० जातीका माछा मध्ये नेपालमा १८५ जातिका माछा पाइन्छ ,
 विश्वको करिब ४.५ प्रतिशत स्तनधारी जातिका प्रजातीहरु , ९.१४ प्रतिशत चराहरुका जातीहरु र २.९ प्रतिशत पुतली जातका किराहरु पाईने तथा २.१ प्रतिशत विभिन्न जातका फुल फुल्ने बिरुवाहरु पाइने ,
 विश्वमा लोपोन्मुखको सूचीमा परेको रेड पान्डा तथा नेपालमा मात्र पाईने चरा काडेभ्याकुर ,

उल्लेखित कुराको साथ साथै अन्य कुराहरुको उचित प्रचार प्रसार गर्न सकेको खण्डमा देशलाई समृद्दीमा पुर्याउनको लागी आवश्यक सर्तहरु : रोजगारीको अवसरको प्रयाप्तता , बढ्दो व्यापार घाटामा सुधार , प्रतिव्यक्ति आयमा वृद्दि ,, आर्थिक तथा सामाजिक पूर्वाधारको विकास तथा विस्तार जस्ता पक्षमा परिणात्मक तथा गुणात्मक परिवर्तन देखा पर्नेछ । अतः नेपालको आर्थिक विकास गर्नमा धेरै प्रकारका पूर्वाधारहरु रहेता पनि वर्तमान समयमा जैविक विविधतालाई संरक्षण गर्दै यसको विकास , संवद्र्धन गर्न सकिएको खण्डमा नेपालको आर्थिक विकास तथा दीर्घकालिन आर्थिक समृद्धिको ढोका खुल्नेछ । जसले हालका दिनहरुमा करिब ४० लाखको संख्यामा विदेशिएका नेपालीहरुलाई नेपालमै रोजगारी दिन सकिने वातावरणको सिर्जना हुनेछ यसकारण नेपालको जैविक विविधता आर्थिक समृद्धिका लागि एक दरिलो खम्बा हो ।

३ पर्यटन उद्योग :
पर्यटन व्यवसायसँग सम्बन्धित सेवामूलक उद्योगलाई पर्यटन उद्योग भनिन्छ । जुन उत्पादनमूलक नभई सेवामूलक उद्योग हो जसले पर्यटकहरुलाई र यससँग सम्बन्धित पक्षहरुको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने गर्दछ । विशेषगरी नेपालमा धार्मिक पर्यटन , पर्यावरणीय पर्यटन , ऐतिहासिक पक्षसँग सम्बन्धित पर्यटन व्यवसायको प्रचुर सम्भावना छ । नेपाल एक यस्तो मुलुक हो जहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा , विश्व शान्तिको मूहान लुम्बिनी , हिन्दु धर्मका विभिन्न ठूला टूला पवित्र स्थलहरु पशुपति क्षेत्र , मुक्तिनाथ , पाटन क्षेत्र , हलेसी महादेव , सुपा देउराली , बाग्लुङ्ग कालिका, मनकामना , आदि त्यसैगरी बुद्धसँग सम्बन्धित स्थलहरु तिलौराकोट दरबार , देवदह , स्वयम्भू , बौद्ध , आदि । ऐतिहासिक स्थलहरुमा भक्तपुर दरबार क्षेत्र , नारायणहिटी दरबार , सिंह दरबार , गोर्खा दरबार , पाल्पा दरबार , उजिर सिंहपार्क , चन्द्रगीरी डाडा , सिंजा उपत्यका , कमल पोखरी आदी ।

यसैगरी विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाहरु , सिमसार क्षेत्रहरु ,प्रकृतिक मनोञ्जन तथा पदयात्राका लागि विभिन्न पदमार्गहरुको साथै देशमा पर्यटकहरुलाई लोभ्याउने धेरै कुराहरु रहेका छन् । नेपाल बहु जाती भाषा , धर्म ,कला, सँस्कृति , भेष–भूषा भएको मुलुक भएकाले पनि यहाँको पर्यटन व्यवसाय दूनियाको लागी नौलो स्वादको छ । यसबाट हामीले भरपूर फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेको छ । नेपालका हरेक ग्रामिण बस्तीहरु पर्यटन व्यवसायका लागि प्रयाप्त छन् । जसको माध्यबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गरी नयाँ रोजगारीका अवसरको सिर्जना तथा राजस्वमा वृद्धि गर्न सकिन्छ ।

यस उद्योगको विकासले देशमा अन्य व्यवसाय तथा उद्योगलाई चलायमान बनाउने हुनाले पनि संघिय नेपाल समृद्द नेपाल बनाउनमा यो एक मजबूद खम्बा हो । नेपालको पर्यटन व्यवसायले अतिथी देवो भव लाई मुल मन्त्र बनाएर अगाडि बढे जस्तै देशको आर्थिक नीति निर्माताले पर्यटन व्यवसायको सम्भावना र अवसरलाई ध्यान दिएमा देशले चाँडै काँचुली फेर्ने कुरामा दुई मत छैन । वर्तमानमा १० लाख युवालाई प्रत्यक्ष रोजगारी दिएको यसले सन् २०२५ सम्ममा ९ लाख नयाँ युवालाई रोजगारी दिने रणनीतिक योजना बनाएको छ । यसबाट पनि पर्यटन व्यवसाय आर्थिक समृद्दिको आधार स्तम्भ हो भन्ने पुष्टि हुन्छ ।

४ कृषि :
नेपाली कृषि प्रणली विगतदेखि वर्तमान सम्म परम्परागत शैलीमा सञ्चालन भईरहेको छ र यसलाई परिवर्तित विश्व जगतसँगै अगाडि बढाउन सकिने अनेकौ सम्भावना भएकाले संघिय नेपालको समृद्धिको अकधारका रुपमा प्रशस्तुत गरिएको हो । आज पनि ६५ प्रतिशत भन्दा बढी नेपालीहरुको मुख्य पेसा यहि नै हो । यसलाई आधुनिकीकरण गर्न सकेमा यसै भित्र लुकेर रहेका समस्याहरुलाई हल गर्दै देश विकासको आधार निमार्ण गर्न सकिने प्रयाप्त अवसरहरु रहेका छन् । कृषिमा व्यवसायिकतालाई जोड दिन सकेको खण्डमा बढ्दो वैदेशिक व्यापार घाटालाई कम गर्न , रोजगारीका अवसरहरु सिर्जना गर्न ,वैदेशिक मुद्रा आर्जन गर्न तथा आयात प्रतिस्थापनमा सहयोग पुर्याउनेछ ।
जसले आर्थिक अवस्थामा सोझै प्रभाव पार्ने छ ।

वर्तमानमा पनि यो क्षेत्रले कुल राजस्वमा २८ प्रतिशत भन्दा बढी योगदान गरेको छ । यो मात्रालाई बढाउने प्रयाप्त सम्भावना रहेको छ । देशका हरेक स्थानीय तहमा एक एक उत्पादनलाई अनिवार्य गरिएमा कृषि क्षेत्र निर्विकल्प समृद्दिको आधार बन्ने प्रशस्त आधार रहेको छ । यसका लागी सरकार , सहकारी तथा निजी क्षेत्रले नगलेबाली , माछाँपालन , मौरीपालन , पशुपालन जस्ता व्यवसायीक क्षेत्रमा सहकार्य गर्नु युगको आवश्यकता भने पक्कै हो । विश्वमा आर्थिक विकासको उच्च बिन्दुमा पुगेका मुलुक पनि कृषि क्षेत्रमा आमुल परिवर्तन गरी पुगेको उदाहरण विश्व आर्थिक ईतिहासमा उल्लेखित छ । अहिले देशमा २० वर्षे कृषि विकास रणनीति लागू भएको छ यसको लक्ष्यलाई प्राप्ति गर्न सकिएमा देशले दोहोरो अंकको आर्थिक वृद्दि हाशिल गरी यो क्षेत्र एक सबल र सफल खम्बाका रुपमा रहनेछ ।

निष्कर्ष :
माथि उल्लेखित आधारहरु मध्ये कुनै एकलाई प्रमुख प्राथमिकता क्षेत्र घोषणा गरी सम्बन्धित पक्षले अल्पकालिन तथा दीर्घकालिन योजना बनाई अगाडी बढेमा आर्थिक समृद्दि हाम्रै पालमा सम्भव छ । त्यसैले गर्दा नागरिक स्तरबाट दवाब सृर्जना गरेर भए पनि समृद्दिको यात्रालाई अगाडी बढाउन योगदान गरौ , देशमै भएका आधारहरुको उचित उपयोग गरौ कसैले दिएको अनुदानमा रमाउन बन्द गरौ , परनिर्भरता तिर होइन आत्म निर्भरताको यात्रामा सहभागी बनौं ।

पछिल्लो अपडेट