Mar 20, 2023
बुटवल । कपिलवस्तुमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा २४ जना घाइते भएका छन् । बुटवलबाट कृष्णनगर तर्फ जाँदै गरेको लु १ ख ५६८४ नम्वरको यात्रुवाहक वस र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको मालबाहक ट्रक मंगलवार कपिलवस्तुको बुद्धभुमी ९ सुरगरवरवा नजिक ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल ल्याइएको छ ।
प्रतिकृया दिनुहोस्