२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालयले नयाँ भवनबाट सेवा शुरुआत गरेको छ । विगत लामो समयदेखि सो कार्यालय भाडाका घरमा रहदैँ आएको थियो ।

करिव सात वर्षपछि स्थानीय निकाय, संघीय सरकार तथा समाजसेवीका सहयोगमा भवन निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष प्रेमहरी काफ्लेले जानकारी दिए । उनका अनुसार तत्कालीन नेत्रगञ्ज गाविसबाट रु ५० हजार, लालबन्दी नगरपालिकाबाट रु २० लाख, हरिवन नगरपालिकाबाट रु एक लाख, वाग्मती नगरपालिकाबाट रु दुई लाख ५० हजार, प्रदेश सरकारबाट रु पाँच लाख र केन्द्र सरकारबाट रु नौ लाख प्राप्त भएको थियो । यसैगरी प्याब्सनबाट रु एक लाख ५० हजार र व्यवसायीबाट गरी करिब पाँच लाखगरी कुल रु ४४ लाख ५० हजारको लागतमा सो भवन निर्माण भएको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक केदारमान दोङ्गले नयाँ भवनबाट सेवा प्रवाहमा सहज भएको र भवन निर्माणमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश