Apr 2, 2023
बुटवल । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल आज हुँदैछ । शनिबारदेखि सुरु भएको सिरिजमा नेपाल र नेदरल्याण्ड्स दोस्रोपटक खेल्न लागेका हुन् । यसअघि उदघाटन खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।
त्यसपछि नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराउँदै पहिलो जित हात पारेको थियो । नेपालले सोमबार मलेसियालाई पनि ९ विकेटले हराउँदै दोस्रो जित हात पारेको थियो ।
घरेलु टोली नेपाल लगातार तेस्रो खेल जित्दै फाइनलमा स्थान पक्का गर्ने योजनामा छ । उता नेदरल्याण्ड्स पहिलो हारको बदला लिने दाउमा हुनेछ ।
प्रतिकृया दिनुहोस्