१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

काठमाण्डौं । पूर्व-पश्चिम राजमार्गलाई बिस्तार गर्ने सरकारको योजनाअनुसार नागढुङ्गा-मुग्लिन सडक बिस्तार अघि बढाइने भएको छ । यसअघि मुग्लिन-नारायणगढ सडक बिस्तार गरिएकामा आगामी आवदेखि नागढुङ्गा-मुग्लिन बिस्तार गर्ने तयारी अघि बढाइएको छ । सो सडक निर्माण शुरु भएको पाँच वर्षमा सकाउने लक्ष्य लिइएको छ ।

Advertisement

सो सडकको लम्बाइ ९२ किमी छ । विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सडक विस्तारको काम अघि बढाउन लागिएको हो । उक्त खण्डमा बिस्तारको काम तीन खण्ड गरेर अघि बढाइने नागढुङ्गा–मुग्लिन सडक योजनाले जनाएको छ । तीन खण्डमा नारायणगढ–नौबिसे, नौबिसे–मलेखु र मलेखु–मुग्लिन गरेर बिस्तार गरिने छ । तीन खण्डमध्ये नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखु खण्डको प्रारम्भिक अध्ययन सकिएको योजना प्रमुख अमृतमणि रिमालले बताए । उनका अनुसार सो खण्डको मूल्याङ्कन सकिएर विश्व बैंकमा स्वीकृति पठाइएको छ । तीन खण्डमा आगामी आवमा ठेक्का प्रक्रियामा जाने उनको भनाइ छ । उनले भने, “आगामी आवमा ठेक्कामा गएर दशैँसँगै निर्माण शुरु हुनेछ ।” बिस्तारका लागि ठेक्का प्रक्रियामा जानु पहिले सडकको अधिकार क्षेत्र खाली गरिएको प्रमुख रिमालले बताए । सो खण्डमा अहिले रुख र पोल सार्न प्रक्रिया अघि बढाइएको छ । त्यस्तै पुल निर्माण गर्ने स्थानमा जग्गाको मुआब्जाका लागिसमेत प्रक्रिया थालिएको उनले बताए । सो खण्डमा २६ पुल निर्माण हुनेछ । सडक कम्तीमा ११ मिटर चौडाइ हुने बताइएको छ । मुग्लिन–नारायणगढ खण्डमा जस्तै यो खण्डमा पनि अहिले भएका पुल त्यही छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण गर्न लागिएको छ । सडकको अधिकार क्षेत्रमा व्यक्तिगत सम्पत्ति नभएकाले निर्माणस्थल खाली गर्न समस्या नहुने उनले बताए । उनले भने, “सडकको केन्द्रबाट १५/१५ मिटर लिँदा ठूलो समस्या हुने छैन ।”

सडक निर्माणका लागि वातावरणीय अध्ययन गर्न प्रक्रिया अघि बढाइएको प्रमुख रिमालले बताए । सम्बन्धित डिभिजन कार्यालयलाई पत्राचार गरेर प्रक्रिया थालिएको छ । उनले भने, “ती कार्यालयबाट स्वीकृति भने आइसकेको छैन ।” काठमाण्डौं उपत्यकाबाट देशका पश्चिमतर्फ जाने सवारीसाधन सबैभन्दा बढी गुड्ने भएकाले नागढुङ्गा–मुग्लिन सडकमा सवारी चाप धेरै हुने गरेको छ । वैकल्पिक सडकबाट सवारीसाधनलाई पठाएर निर्माण गर्दा समयमै काम सकाउन सकिन्छ । मुग्लिन–गल्छी खण्डसम्म वैकल्पिक सडक नभएकाले सोही सडकमा सवारीसाधनलाई सञ्चालन गरेर सडक निर्माण गर्नुपर्ने उनले बताए । यो खण्डमा भित्तामा एक लेन कटिङ गरेर एकातिरबाट सवारीसाधन जान दिने र अर्को लेनमा निर्माण अघि बढाइने योजनाले जनाएको छ । गल्छीबाट नागढुङ्गासम्म भने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । सो सडकका विकल्पका रुपमा गल्छी–लामिडाँडा–भीमढुङ्गा र सीतापाइला–धार्के विकल्पमा प्रयोग गर्न सकिन्छ ।

पहिले छ/सात मिटर चौडाइ रहेकामा अहिले सडकलाई ११ मिटर हुने गरी बिस्तार गर्न लागिएको हो । पहिलेभन्दा झण्डै दोब्बर चौडाइको सडक भएपछि सो खण्डमा सवारी सडक जामको समस्या हल हुने आशा गरिएको छ । काठमाण्डौं उपत्यकाबाट बाहिरिने विभिन्न नाकामध्ये सबैभन्दा बढी सडक जाम यही सडकमा हुने गर्छ । सरकारले नागढुङ्गा–सिस्नेखोला खण्डमा सुरुङमार्ग निर्माण अघि बढाइरहेको छ । नागढुङ्गा–मुग्लिन सडक सम्पन्न भएपछि काठमाण्डौं भित्रने वा काठमाण्डौंबाट बाहिर जाने सवारीसाधन सजिलै आउजाउ गर्न सक्नेछन् । यसअघि ३६ किमी लम्बाइको मुग्लिन–नारायणगढ सडक सम्पन्न भइसकेको छ । सो खण्डमा पुल निर्माण अघि बढिरहेको छ । उक्त खण्डमा चौडाइ चट्टान भएका ठाउँमा बाहेक ११ मिटर रहेको छ । सडक कम्तीमा नौ मिटरदेखि बढीमा ११ मिटरसम्म चौडा बनाइएको योजनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा