६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

साओ पाओलो। ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजार ६५७ जनाको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको बताइएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ३ लाख ७३ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा ब्राजिलमा ४२ हजार ९८० जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

पछि यहाँ कूल सङ्क्रमितको संख्या यहाँका १ करोड ३९ लाख ४३ हजार भन्दा बढी पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको प्रकोप देखिएपछि यहाँका नागरिकमा सङ्क्रमण हुने र मृत्युको दर पनि बढिरहेको अधिकारीहरुले जनाएका छन् । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रति एक लाख जनामा ५ हजार ४८२ जनामा यो सङ्क्रमण हुने गरेको छ । त्यस्तै यहाँका सङ्क्रमितहरुमा पनि पहिले भन्दा धेरै नागरिकको ज्यान जाने गरेको पनि बताइएको छ । ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सङ्क्रमणको एक किसीमले केन्द्रबिन्दुको रुपमा रहेको छ । यस शहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका करिब पूरैजसो आइसियु र आकस्मिक कक्षहरु भरिएका पाइएको छ । यो वर्षको शुरुआतसँगै यहाँका नागरिकले कोरोनाको दोस्रो वेभको सङ्क्रमणको सामना गर्नु परिरहेको छ । यो वेभले यहाँको स्वास्थ्य प्रणालीमा नै समस्या उत्पन्न गरिरहेको अधिकारीहरुले जनाएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार