१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

चितवन । माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि शोभायात्रासहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति ल्याइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी खर्चमा बनाइएका ती मूर्ति चैत ७ गते प्रधानमन्त्रीले हस्तान्तरण गरने भएका हो ।

Advertisement

अयोध्याधाम व्यवस्थापन समितिले यहाँ आईतबार पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौँको राम मन्दिरबाट स्वस्तीवाचनसहित प्रधानमन्त्रीले ती मूर्ति हस्तान्तरण गर्ने जानकारी दिएको छ । समितिका संयोजक तीर्थराज भुसालका अनुसार हस्तान्तरणपछि बग्गी, रथसहित कलशयात्रा र करीब ५०० वटा सवारीसाधनसहित शोभायात्रा चैत ७ गते काठमाडौँबाट चितवनका लागि प्रस्थान गर्नेछ ।

नागढुङ्गाबाट बग्गी काठमाडौँ फर्कनेछ भने चार वटा गाडीमा चार वटा मूर्तिसहितका गाडी चितवनका लागि प्रस्थान गर्ने कार्यक्रम छ । सोही दिन साँझ ४ देखि ५ बजेको समयमा दासढुङ्गामा शोभायात्रामा सहभागीलाई स्वागत गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार सो दिन साँझ उक्त टोलीको खानपान र बासको व्यवस्था देवघाटमा नै हुनेछ ।

चैत ८ गते बिहान देवघाटका विभिन्न पिठाधीशको उपस्थितिमा पवित्र जलले जलाभिषेख गरी माडीतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । उक्त शोभायात्रा पुनःदासढुङ्गाको बाटो हुँदै आँपटारी, पुल्चोक, लायन्सचोक, होकिमचोक हुँदै माडी जानेछ । माडीमा पुगेपछि पर्शुराम कुण्डको जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्ति स्थापना गरिने प्रचारप्रसाार समितिका संयोजक श्री दवाडीले जानकारी दिनुभयो । दवाडीका अनुसार माडीमा हालै निर्माण गरिएको मन्दिरमा ती मूर्ति राखिनेछ । माडीमा ९०० सवारीसाधन र चार हजार भक्तजनलाई खान बस्नको व्यवस्था गरिएको दवाडीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते भानुजयन्तीका अवसरमा भगवान् रामको जन्म माडीको अयोध्यापुरीमा भएको बताउनुभएपछि उक्त क्षेत्रको अध्ययन, अनुसन्धान र विकासका काम अगाडि बढेका छन् । माडी नगरपालिकाले धाम व्यवस्थापनका लागि १०० बिघा जमीन दिने निर्णय गरिसकेको छ भने धामको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । धामको सम्पूर्ण निर्माण सम्पन्न गर्न करीब रु चार अर्ब खर्च लाग्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोक्का प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा अन्सारीले लिइन् शपथ