Apr 2, 2023
बुटवल । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलाेरले लगातार तेस्रो जित निकालेको छ । आइतवार भएकाे पहिलाे खेलमा कोलकाता नाइट राइडर्सलाई ३८ रनले हराउँदै बेङ्गलाेरले अपराजित यात्रा कायमै राखेको छ ।
चेन्नईमा बेङ्गलाेरले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याएको काेलकाताले २० ओभरमा आठ विकेट गुमाएर एक सय ६६ रन मात्रै बनाउन सक्यो । कोलकाताका लागि आन्द्रे रसेलले २० बलमा ३१ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
यसअघि चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको बेङ्गलाेरले २० ओभरमा चार विकेट गुमाएर दुई सय चार रन बनायो । बेङ्गलाेरका लागि एबी डी भिलियर्सले ३४ बलमा अवजित ७६ रन बनाए । यस्तै ग्लेन म्याक्सवेलले ७८ रन बनाए । विराट कोहली पाँच रनमा आउट भए ।
याे जितसँगै बेङ्गलाेर ६ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । कोलकाता दुई अङ्कसहित छैटौँ स्थानमा छ ।
प्रतिकृया दिनुहोस्