८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

बुटवल । बुटवलमा सुनको पिञ्जडा नामक नाटक मञ्चन हुने भएको छ । बागेश्वरी संगितालयको प्रस्तुती रहने नाटक सोमबार साँझ मञ्चन गरिने भएको हो । २ महिनाको अभ्यासपछि नाटक मञ्चन गर्न लागेको नाटकका निर्देशक रामकुमार पुडासैनीले बताए । बागेश्वरी संगितालयको ठिएटरमा सोमबार साँझ साढे ५ बजे मञ्चन हुने नाटकको तयारी पूरा भएको उनले जानकारी दिए ।

बाल मनोवैज्ञानीकमा आधारित रहेर नाटक निर्माण गरिएको उनले बताए । प्रजातान्त्रिक मूलुकमा जनताले कसरी प्रजातन्त्रको अनुभूति गरेका छन् र यसको प्रभाव बालबालिकामा कस्तो परेको छ भनेर नाटकले देखाउन खोजेको निर्देशक पुडासैनीको भनाइ छ । नाटक ९० मिनेटको रहने र १४ जना पात्रको अभिनय रहेको छ । नाटकबाट आर्थिक रुपमा फाईदा नभएपनि समाजमा जनचेतना फैलाउने र कलाकार उत्पादन गर्ने लक्ष्य रहेको बागेश्वरी संगितालयका प्रिन्सिपल सुरेश सेन्चुरीले बताए ।

काठमाण्डौं केन्द्रीत मात्र भएको रंगमञ्चलाई मोफस बाहिरका दर्शकलाई देखाउने गरी तयार गरिएको जानकारी दिए । नाटकमा पात्रले जिवन्त नाटक प्रस्तुत गर्ने भएकाले दर्शक यस तर्फ आकर्षित हुने उनले विश्वास दिलाए । नाटक ९ गतेसम्म चल्ने छ । नाटक हेर्नको लागि सर्वसाधारणका लागि २ सय र विद्यार्थीका लागि सय रुपैयाँ टिकट शुल्क लाग्ने बागेश्वरी संगितालयले जानकारी दिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’