ताजा अपडेट »

बुटवलमा इन्टरनेट र सामाजिक सञ्जालको व्यवसायीक प्रयोग सम्बन्धि तालिम

सोमबार, ३० चैत्र २०७७, ०९ : ४३
4 Shares

बुटवल । इन्टरनेट र सामाजिक सञ्जालको व्यवसायिक सदुपयोग बारे जानकारी दिने उद्देश्यले बुटवलमा तालिम आयोजना गरिएको छ । इन्टरनेट र सामाजि सञ्जालको सही सदुपयोग र व्यवसायिकीकरण गरी आयआर्जन गर्न सकिने जानकारीसहित तालिम आयोजना गरिएको समृद्धिका लागि सँगसँगै–नेपालका अध्यक्ष दलबहादुर गुरुङले बताए ।

फेसबुक मार्केटिङ, प्रवद्र्धन, ब्लग निर्माण, सञ्चालन र यूटुबको वर्तमान प्रभाव र सञ्चालनका साथै यी सबै प्रविधिहरुसँग रहेर कसरी व्यवसायिकीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । विषयका जानकार एवम् प्रशिक्षक जितेन कुलुङ(अनुजभाइ)ले सहजीकरण गरेका थिए । वर्तमान समयमा इन्टरनेट र सामाजिक सञ्जालको बहुप्रयोग गरी व्यवसायिकीकरण गर्न सम्भव भएको बताउँदै जितेनले यसबाट मासिक लाखौं रुपैयाँ कमाई गरी स्वरोजगारी र अरुलाई रोजगार दिन सम्भव भएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।