१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

जाजरकोट । जाजरकोटका तीन दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोरजीसहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोटको शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिका सञ्चार सेवासँग जोडिएका हुन् । टेलिफोन सुविधाबाट वञ्चित तीन गाउँपालिकामा टेलिकमले टावर निर्माण गरी सेवा प्रारम्भ गरेपछि स्थानीयवासीले सहजरूपमा सञ्चार सुविधा पाएका हुन् ।

Advertisement

जिल्लामा निर्माणाधीन सातवटा नमस्तेको टावरमध्ये जुनीचाँदे र शिवालय गाउँपालिकामा केही दिनअघि तथा बारेकोट गाउँपालिकामा बिहीबारदेखि सेवा सञ्चालनमा आएको हो । टावर निर्माणसँगै बारेकोटका सबै वडा, जुनीचाँदेका सबै वडा, शिवालयका सबै वडा र छेडागाड नगरपालिकाका केही वडामा बसोबास गर्ने स्थानीयवासीमा सञ्चार सुविधा पुगेको नेपाल टेलिकम जाजरकोटले जनाएको छ ।

यसअघि टावर नहुँदा टेलिफोनको निकै समस्या झेल्नुपरेको थियो । एक कल फोन गर्न घण्टौँ टाढा जानुपर्ने बाध्यता हटेको बारेकोट–५ पाखाका जनकबहादुर शाहीले बताए । टुजी सञ्चालनमा आएको बारेकोटमा छिट्टै फोरजी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । जुनीचाँदे र शिवालयमा भने फोरजी सेवासमेत सञ्चालनमा आइसकेको छ ।

दुई वर्षअघि सम्पन्न हुनुपर्ने यी टावर भारतीय कम्पनीले ठेक्का लिएर बीचमै छाड्दा ढिला भएको थियो । निरन्तर दबाबपछि १० जिल्लाको काम एकैपटक गर्दा जाजरकोटमा निर्माण हुने टावरका काम ढिला हुने भएकाले जाजरकोटको कामलाई अलग गरेर काम गर्न प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले टेलिकमलाई आग्रह गरेअनुसार टेलिकमले अलग बोलपत्र आह्वान गरेर काम गरेको थियो । अलग गरेको छ महिनाभित्र जाजरकोटका तीन पालिकामा टावर निर्माण भएका छन् । नलगाड नगरपालिका–८ गराइलामा टावर निर्माण जारी छ । त्यस्तै नलगाडका दुर्गम वडा रग्दा र भगवतीमा समेत नयाँ टावर निर्माणका लागि सर्भेको काम सम्पन्न भएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

Flash News

क्रिकेट खेलाडीको बर्गीकरण : सन्दीपसहित पाँच जना ग्रेड ए मा,रुपन्देहीका भुर्तेल ग्रेड बी मा प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम