ताजा अपडेट »

तिनाउ गाउँपालिकाले सञ्चालन गर्यो युवा महिला लक्षित तालिम

विहीबार, १२ चैत्र २०७७, १८ : ०३
4 Shares

बुटवल । तिनाउ गाउँपालिका वडा नं २ का युवा महिलाहरुलाई लक्षित गरि मागमा आधारित तालिमहरु सञ्चालन गरेपछि स्थानीहरु खुशी भएका छन् । गरिवी निवारणका लागि उद्यम विकास कार्यक्रम अन्तरगत यो वर्ष तिनाउ २ र ५ मा सिपमूलक कार्यक्रम सञ्चालन गर्ने भएपछि खुशी भएका हुन् । तिनाउ २ को बुढासटकमा १३ जनाले सिलाई कटाई तालिम लिईरहेका छन्।

तिनाउ २ बगाहमा १० जनाले डल ,कुशन बनाउने तालिम लिईरहेका छन् भने बुधबार तिनाउ २ घोडबासमा ३ महिने सिलाई कटिङ तालिमको उद्घाटन तिनाउ गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले कल चलाएर उद्घाटन गरेका छन् । त्यहाँ १२ जनाको सहभागिता रहेको छ।त्यस्तै बुधबार नै तिनाउ २ नुवाकोटमा बुटिक र सिलाई कटिङ तालिमको उद्घाटन प्रवक्ता श्रेष्ठले गरेका छन् ।

अझै तिनाउ २ देउलेमा ड , कुशनको तालिम सञ्चालन गरेर यहाका युवा महिलाहरूलाई उद्दमी बनाई आत्म निर्भर गराउने लक्ष रहेको प्रवक्ता श्रेष्ठले बताए । सो उद्घाटन कार्यक्रममा तिनाउका प्रमुख प्रशासकीय अभिकृत सुन्दर श्रेष्ठ ,फोकल पर्सन तुल बहादुर घर्ती, अञ्जु क्षेत्री र प्रशिक्षक अनिता थापाले तालिमको सफलताको शुभकामना दिएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।