१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ स्थित एक गाई फर्मममा आगलागी भएको छ । शुक्रबार बिहान अचानक भएको आगलागीमा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेको सप्तरी प्रहरीले जनाएको छ । मनोज साह र दिनानाथ साहले सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका वडा न।–५ को महुली पुल नजिकै सञ्चालन गरेको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गाई गोठमा ६० वटा गाई पालिएको मध्ये गाई र बाच्छासहित २० वटा जलेर मरेको अवस्थामा फेला परेको हो ।

एक्कासि भएको आगलागी गोठका कर्मचारीले देखेको र गाईको दाम्लो काट्दासमेत गाईहरू बाहिर नभागेर आगो बलेकै तिर भागेर पसेकाले निकै धेरै क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिए।आगो बिहानै नियन्त्रणमा आएको र अहिले के–कति क्षति भयो भन्ने बारेमा क्षतिको मूल्याङ्कन गरिएको प्रहरीले जनाएको छ । यता सप्तरीमा पछिल्लो समय आगलागीका घटना बढेको छ ।

बिहीबार मात्र जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा न-५ आगलागी हुँदा झन्डै ७५ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो । यता आगलागीमा चार वटा घर जलेर खरानी बनेको थियो भने एक जना गम्भीर घाइते भएका थिए । (गोरखापत्र अनलाइन )

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोक्का प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा अन्सारीले लिइन् शपथ