१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

भरतपुर । चितवनमा सफाइकर्मीका सम्मानमा आज साइकल र्याली निकालिएको छ । अन्तर्राष्ट्रिय कवाड दिवस ‘ग्लोबल रिसाइकलिङ डे’को अवसर पारेर भरतपुरको चौबीसकोठीबाट शिवघाटसम्म र्याली निकालिएको हो ।

र्यालीमा सहभागीले ‘कवाडी बेकार होइन्, रोजगार हो, हेला होइन, सम्मान गरौँ, हाम्रो लक्ष्य सफाइ, सोचौँ कवाडी सङ्कलक नभए के हुन्छ ?’ जस्ता सचेतनामूलक प्लेकार्ड प्रदर्शन गरेका थिए । हरेक दिन साइकल चलाएर पुन:प्रयोग गर्न सकिने कवाडी सामान सङ्कलन गर्ने पेशा अपनाएका सफाइकर्मीको सम्मानमार्याली निकालिएको आयोजक क्रिएशन नेपालको ‘रिसाइकल साथी’ संस्थाका कार्यक्रम प्रबन्धक प्रतिष्ठा श्रेष्ठले बताए । “हरेक दिन साइकलमा डुल्दै कवाडी सामान सङ्कलन गरी हाम्रो गाउँशहर सफा राख्ने सफाइकर्मीको सधैँ सम्मान गर्नुपर्छ”, उनले भने ।

र्यालीमा कवाडी सामान सङ्कलकसहित १५० भन्दा बढी सहभागी भएका थिए । र्यालीमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले फोहरको वर्गीकरण र पुन:प्रयोग प्रमुख चुनौतीका रूपमा रहेको बताए । उनले हरेक दिन फोहर उठाएर शहर सफा राख्ने सफाइकर्मीप्रति सम्मान व्यक्त गरे । र्यालीमा सहभागी कवाडी सामान सङ्कलकले आफूले गरेको कामको सम्मान गरेकामा खुशी व्यक्त गरेका थिए । सो अवसरमा कवाडी व्यवसायी सङ्घका सचिव राजु रम्तेलले फोहरमैलामा काम गर्ने पेशाकर्मीको आत्मसम्मान तथा समाजले हेर्ने दृष्टिकोण परिवर्तनका लागि साइकल र्याली महत्वपूर्ण भएको बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई