१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले यातायात क्षेत्रलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउन आग्रह गरेका छन् । पुरानै प्रवृत्ति र संरचनामा रहेर यातायातको क्षेत्रमा व्यवसायिक सफलता प्राप्त गर्न नसकिने बताउँदै उनले व्यवसायीहरुलाई परिस्कृत भएर लाग्न आह्वान गरे ।

Advertisement

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को प्रथम अधिवेशनबाट चयन भएका नयाँ नेतृत्वको पदस्थापन कार्यक्रममा बोल्दै चौधरीले व्यवसायीहरुलाई लगानी वृद्धि गरी यातायातका साधनहरुलाई अत्याधुनिक, सुविधा सम्पन्न र मानवमैत्री बनाउन आग्रह गरे । पर्यटनको क्षेत्रमा भएका विकासले व्यवसायीहरुलाई टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले यातायता व्यवसायीहरुबीच स्वच्छ प्रतिस्पर्धा र यात्रुमैत्री हुनु पर्नेमा जोड दिए । व्यवसायीहरुको लगानी संरक्षण गर्नू सरकारको कर्तव्य रहेको कुरा स्मरण गर्दै उनले त्यसका लागि प्रदेश सरकार तत्पर रहेको स्पष्ट पारे । यसैगरी उनले यातायात व्यवसायीहरु बीच हुने अस्वस्थ प्रतिस्पर्धा र विकृतिहरु हटाउन स्वयम् व्यवसायीहरु नै जागरुक र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रा.लि.को प्रथम अधिवेशन निर्वाचनबाट चयन भएका सदस्यहरुलाई प्रमुख निर्वाचन आयुक्त मदनप्रसाद कट्टेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सो अवसरमा बोल्दै प्रा.लि.का नव निर्वाचित सदस्य दधिराम खरेलले कोरोना महामारीबाट याताय व्यवसायीहरु सबैभन्दा बढी मारमा परेको गुनासो गर्दै व्यवसायीहरुलाई पुनःकर्जा, कर प्रणालीमा सहजता तथा लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग माग गरे । कोभिडबाट भन्दा व्यवसयाहरु सरकारबाट आतंकित हुने गरेको बताउँदै उनले सिन्धिकेट खारेजको बहाना, पेट्रोलियम पदार्थको मूल्य वृद्धि लगायतका कारणले मारमा परेको गुनासो गरे ।

कार्यक्रममा सहभागी व्यवसायीहरुले महिना भित्रै पटक-पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपनि अहिलेसम्म वैज्ञानिक भाडादर कायम नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए । पेट्रोलियम पदार्थमो मूल्य वृद्धि भएर आकाशिए पनि व्यवसायीहरुले भने ५ वर्ष पहिलेकै भाडादरमा चल्नु परेको उनिहरुको गुनासो थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन