१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाण्डौं । नेकपा (एमाले)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलका सदस्यमा प्रतिनिधिसभाबाट शेरबहादुर तामाङ र राष्ट्रियसभाबाट विमला पौडेल रहेका छन् । तामाङले एमालेको संसदीय दलको विधान वि.सं २०७२ यता संशोधन नभएकाले सोका लागि कार्यदल गठन गरिएको जानकारी दिए । यही चैत ७ गते बस्ने संसदीय दलको अर्को बैठकले संशोधन विधान पारित गर्ने बताइएको छ । उनले पुरानो विधानका आधारमा २५ सदस्यीय संसदीय बोर्डसमेत गठन गरिएको बताए । बोर्डमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्यका रूपमा रहेका छन् ।

यस्तै बोर्ड सदस्यमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकु¥याल, खिमलाल भट्टराई, पौडेल, तामाङ, डा. बिन्दा पाण्डे, राधाकुमारी ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, रेखा झा, नारदमुनि राना, मोहन बानियाँ, विमला वि.क, भूपेन्द्र थापा, राजेन्द्र राई, खेम लोहनी र सरिता न्यौपाने रहेका छन् । एक जना पछि मनोनयन गरिने जनाइएको छ । उनले बैठकमा नआउनेलाई कारवाही गर्नका लागि कुनै छलफल नगरिएको स्पष्ट पारे ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’