१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडौँ । नेपाल न्युज इन्टरनेशनल प्रा.लि.बाट प्रकाशन हुँदै आएको अन्नपूर्ण पोस्ट पत्रिकामा कार्यरत २८ पत्रकारहरूले सामुहिक राजीनामा दिएका छन्। उनीहरूले २०७८ साल वैशाख ३ गतेदेखि लागू हुने गरी २०७७ चैत ३ गते सामूहिक राजीनामा दिएका हुन्। सम्पादक अखण्ड भण्डारीले फागुन २० गते बेलुका ६ बजे बैठक राखेर र फागुन २५ गते अपरान्ह साढे ४ बजे अर्को बैठक राखेर राजीनामा दिन दवाव दिएको सामुहिक राजीनामा पत्रमा उल्लेख छ।

‘अखण्ड भण्डारीले २०७७ फागुन २० गते साँझ ६ बजे मिटिङ छ भनी आफ्नो कार्यकक्षमा बोलाएर सबैलाई पत्रिका बन्द गरी डिजिटाइजमा जाने निर्णय भएको र सबै जनाले राजीनामा दिनुपर्ने भनी माथिको निर्देशन आएको सूचना दिएर राजीनामा गर्न लगाएका हुन्,’ पत्रकारहरूले राजीनामापत्रमा लेखेका छन्‌, ‘श्रमजीवी पत्रकारले पाउनु पर्ने सेवासुविधा, न्यूनतम् पारिश्रमिक लगायतको व्यवस्था रहेकामा कोरोनाकालदेखि काटिएको तलबको भुक्तानी, गत दशैं तिहारमा प्राप्त गर्नुपर्ने एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व भत्ता, श्रमिक कटौती गर्दा श्रमजीवी पत्रकारलाई दिइनु पर्ने क्षतिपूर्ति, उपदान, सञ्चयकोष, उपचार खर्च, सञ्चित बिरामी बिदा र घर बिदाको रकम लगायत कानूनअनुसार प्रदान गर्नुपर्ने सम्पूर्ण सुविधासहित हिसाबकिताब गरी भुक्तानीको व्यवस्था मिलाउन पनि अनुरोध गर्दछौं।’

पत्रिका बन्द गरी अनलाइनमा जाने निर्णय भएकोले सबै जनाले राजीनामा दिनुपर्ने माथिको आदेश आएको सम्पादक भण्डारीले बताउने गरेको दाबी सामुहिक राजीनामा दिएका पत्रकारहरूको छ। लामो समयदेखि सेवा सुविधा नदिएको भन्दै अन्नपूर्णले पत्रकारहरू यसअघिदेखि नै आन्दोलित थिए। यसबीचमा केही पत्रकारहरू बाहिरिएका थिए। कोभिडका कारण आधा तलब दिएको संस्थाले पुसबाट कार्यालयमा नै बोलाएर काम गराएपनि पत्रकारहरूलाई पूरा तलब नदिएको एक पत्रकारले जानकारी दिए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग