१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

हुम्ला । हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका पाँच हजार नौ सय ७९ बालबालबालिकाले भिटामिन ‘ए’ र बालभिटा पाएका छन् । जिल्लाभरिका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ खुवाउने कार्य सम्पन्न भएको छ ।

जिल्लाका २२४ स्वयंसेविका र स्वास्थ्यकर्मीले बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि (अल्वेण्डाजोल) र बालभिटा खुवाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।

राष्ट्रिय कार्यक्रमअन्तर्गत वितरण गरिने भिटामिन ए ले रोग प्रतिरोधी शक्ति बढाउन र श्वासप्रश्वास रोग रोकथाम गर्न पनि सहयोग गर्ने जनाइएको छ । छ महिनादेखि १२ महिना उमेर समूहका लागि आधा क्याप्सुल र १२ महिनादेखि पाँच वर्षसम्मकालाई एक क्याप्सुल भिटामिन ‘ए’ वितरण गरिएको छ ।

त्यस्तै १२ महिनादेखि दुई वर्षसम्मका शिशुलाई आधा ट्याब्लेट र दुई वर्षदेखि पाँच वर्षसम्म उमेर समूहलाई एक ट्याब्लेट जुकाविरुद्धका औषधि अल्वेण्डाजोल वितरण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

त्यसैगरी ६ महिनादेखि दुई वर्ष उमेर समूहका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्वको मिश्रण बालभिटा पनि वितरण गरिएको बोहराले जानकारी दिइन् । सरकारले विसं २०५० देखि कुपोषणबाट बचाउन भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई